Thursday, January 29, 2009

बिद्युत महशूल बृद्धि प्राधिकरणको लागि प्रत्युत्पादक हुन सक्छ

१३ जुलाई २००० मा नेपाल अधिराज्य तथा एशियाली बिकाश बैंक बीच सम्पन्न ऋण सम्झौतामा नेपाल बिद्युत प्राधिकरणले नयां आयोजनाको लागि २३ प्रतिशत स्वलगानी र प्रतिफलको दर पूनर्मूल्यांकित सम्पत्तिको ६ प्रतिशत पुर् याउन पर्ने बाध्यात्मक व्यवस्था छ । यसको लागि प्राधिकरणले महशूल दरमा ३० प्र।श।ले अभिबृद्धि गरेर कूल राजश्व बृद्धि हुने र यसको फलस्वरुप माथि उल्लिखित लक्ष्य हासिल गर्ने योजना बनाएको देखिन्छ । तर यस्तो खालको निक्र्योल एकदम सतही छ । एकातिर महशूल दर बृद्धि गर्दैमा स्वलगानी क्षमता तथा प्रतिफलमा बृद्धि नहुन सक्छ भने अर्कोतिर महशूल दर बृद्धि नगरिकन पनि प्राधिकरणको वित्तिय क्षमतामा अभिबृद्धि गरेर यसको स्वलगानी क्षमता तथा प्रतिफलमा बृद्धि ल्याउन सकिने तिर ध्यान गएको देखिन्न ।

मूल्य तथा मांग बीचको अन्तरस्रम्बन्ध
अर्थशास्त्रको एउटा साधारण बिद्यार्थिलाई पनि के ज्ञान हुन्छ भने मूल्य बृद्धि भए पछि मांग घट्छ । यसको एउटा मूख्य अपबाद हुन्छ लचकता नहुने (Inelastic) मांगको हकमा मूल्य बृद्धि भएता पनि मांग घट्दैन । केही बत्तिहरु मात्र बालेर न्यूनतम खपत गर्ने ग्राहकको मांगमा लचकता धेरै कम हुन्छ भने बिद्युतिय उपकरणहरु प्रशस्त प्रयोग गर्ने मध्यम वर्गिय परिवारको मांगमा सिमित लचकता हुन्छ ।

तर उद्योगहरुको बिद्युतिय उर्जाको मांगमा अत्यधिक लचकता हुन्छ । अर्थात मूल्य बृद्धि हुंदा मांग घट्छ र मूल्य घटेमा मांग बढ्छ । यस्तो अवस्था आउनुमा किताबी अर्थशास्त्रको सिद्धान्त मात्र कारक नभएर वस्तुगत यथार्थ नै कारक बन्न जान्छ । नेपालमा स्थापित उद्योगहरु होटलहरु आदिले खनिज इन्धनको प्रयोग गरेर बिजुली उत्पादन गर्ने जेनरेटरहरु खरिद गरिराखेका छन् प्राधिकरणले बिद्युत आपूर्ति नगरेको अवस्थामा उर्जा खपत गर्नको लागि । यस्ता जेनरेटरहरुको कूल क्षमता ६०००० किलोवाट बराबर छ भनिन्छ । हाल डिजेल प्रति लिटरको रु २३ परेको अवस्थामा यस्ता जेनरेटरबाट बिद्युत उत्पादन गरेर खपत गर्न रु ७ प्रति यूनिट पर्न आंउछ भने प्राधिकरणले हाल उपलब्ध गराउने बिजुलीको भारित औसत मूल्य रु ६।५९ मात्र हुनाले जेनरेटरबाट उत्पादन हुने बिजुली महंगो पर्न जान्छ ।

तर हाल प्रचलित महशूलमा ३० प्रतिशतले बृद्धि गरेको अवस्थामा प्रति यूनिट भारित औसत दर रु ८।५६ पर्न जान्छ जुन डिजेल जेनरेटरबाट निकालिने बिजुली भन्दा २२ प्र।श।ले महंगो हुन्छ । यस्तोमा जेनरेटरमा लगानी गरी सकेकाले प्राधिकरणको महंगो बिजुली प्रयोग गर्नुको सट्टा स्वभावतः आफ्नै जेनरेटर प्रयोग गर्ने स्थिति हुन्छ । तद्पश्चात यी जेनरेटरहरु ५० प्र।श। क्षमता मात्र चलेमा पनि २६३ गिगावाट घण्टा बिजुली बिक्री गर्नबाट बंचित भएर प्राधिकरणको प्रक्षेपित राजश्वमा रु २ अर्ब २५ करोडले ह्रास आउंछ । अथवा हाल प्रचलित दरमा प्राधिकरणले प्राप्त गर्ने कूल राजश्व भन्दा बढेको दरमा प्राप्त गर्ने कूल राजश्व उल्टो रु १७ करोडले कम हुन्छ र यो काम प्राधिकरणको लागि प्रत्युत्पादक हुने देखिन्छ ।

खेर गएको बिजुलीको प्रयोग
आर्थिक वर्ष २०५५।५६ मा प्राधिकरणसित १४७५ गिगावाट घण्टा बिजुली उपलब्ध भएकोमा कूल १११३ गिगावाट घण्टा बिजुली मात्र प्राधिकरणले बिक्री गरेको देखिन्छ । यसरी खेर गएको ३६२ गिगावाट घण्टा बिजुली हाल प्रचलित दरको आधा दर मात्रमा बिक्री गरेमा पनि प्राधिकरणलाई थप रु १ अर्ब १९ करोड राजश्व प्राप्त हुने देखिन्छ । अर्थात यस्तो खेर गएको बिजुली हाल प्रचलित दरको आधा मूल्यमा बिक्री गरेमा प्राधिकरणको आयकर अघिको खूद मुनाफा (Net Profit before Income Tax) दोब्बर भन्दा बढीले बृीद्ध हुने देखिन्छ । त्यसकारण प्राधिकरणले महसूलको दर बृद्धि नगरेर बढी मांग नभएको बखतमा (Offpeak) बिजुली सस्तोमा बिक्री गरेमा बरु लक्ष्य प्राप्त हुने देखिन्छ ।

अर्कोतिर खिम्ती भोटेकोशी र इन्द्रावती जस्ता आयोजनहरुसंग प्राधिकरणले गरेको बिद्युत खरिद सम्झौतामा निहित कमजोरीको कारणले अर्को वर्ष नैं प्राधिकरणको खेर जाने बिजुलीको परिमाणमा २५४ गिगावाट घण्टाले बृद्धि हुने अवस्था आउने देखिन्छ । यो परिमाणको बिजुली पनि त्यसै गरी आधा महशूलमा बिक्री गरेमा थप रु ८४ करोड राजश्व प्राधिकरणलाई प्राप्त हुने देखिन्छ र यो रकमले पनि प्राधिकरणको खूद मुनाफा प्रत्यक्ष बृद्धि गर्छ ।

आयोजनाका लागत र महशूल दर
महशूलको दर यति कायम गरेमा यो यति दरमा प्रतिफल आदिमा प्रभाव पर्छ भन्ने प्राधिकरणले प्रक्षेपण गरेको देखिन्छ । यस कार्यको लागि प्राधिकरणले हाल सम्म कार्यान्वयन गरेका आयोजनाहरुको लागतलाई आधार बनाएको छ र निकट बिगतमा निर्माण लागत प्रति किलोवाट ३००० डलर भन्दा बढी रहेको छ र हाल निर्माणाधीन काली गण्डकीको लागत पनि यो दर भन्दा बढी पर्ने स्थिति बिद्यमान छ । यस्तोमा आवश्यक महशूल दरको अंक धेरै हुनुमा कुनै आश्चर्य छैन ।

तर जलबिद्युत आयोजना कार्यान्वयन लागत भारत चीन जस्ता मुलुकमा नेपालको भन्दा गहकिलो रुपमा कम छ र नेपालमा पनि हाल निजी क्षेत्रबाट निर्मित निर्माणाधीन तथा निर्माण प्रारम्भ गर्ने तयारीमा रहेका आयोजनाहरुको निर्माण लागत सापेक्ष रुपमा कम छ । जस्तै खिम्ती २३०० डलर भोटेकोशी १९०० डलर चिलिमे १७०० डलर चाकु १८०० डलर र पिलुवा १३०० डलर परेको वा पर्ने स्थिति छ । त्यसकारण आगतको लागि महशूल निर्धारण गर्दा यसरी आयोजना निर्माण लागतमा आउन थालेको कमीलाई दृष्टिगत गरेर गर्न पर्छ र यसो गर्दा हाल प्रचलित महशूल दरमा धेरै बृद्धि गर्न आवश्यक देखिन्न ।

निजी क्षेत्रको परिवत्र्य बिदेशी मुद्रामा ऋण र प्राधिकरणले तिर्न पर्ने दर
उत्पादन खर्चमा थप (Cost Plus) सिद्धान्तको आधारमा प्राधिकरणले निजी क्षेत्रबाट निर्मित आयोजनालाई तिर्ने दर अमेरिकि मुद्रामा निर्धारित हुनाले परिवत्र्य बिदेशी मुद्राको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुनासाथ प्राधिकरणले तिर्ने दर पनि बढ्छ । यस परिबेशमा खिम्ती जस्तो निर्माण कार्य सम्पन्न भई सकेको आयोजनाले लिएको परिवत्र्य मुद्राको ऋणलाई नेपाली मुद्राको ऋणले प्रतिस्थापन गरेर पनि प्राधिकरणले तिर्न पर्ने दर लगभग २५ प्र।श।ले घटाउन सकिने देखिन्छ ।

किनभने हाल खिम्तीमा कायम रहेको १० करोड अमेरिकि डलरको ऋण १० वर्षमा पूरा चुक्ता गर्न जम्मा १५।७ करोड डलर सांवा ब्याज स्वरुप भुक्तानी गर्न पर्छ भने सो ऋणलाई तत्काल नेपाली मुद्राको ऋणले प्रतिस्थापन (Refinancing) गरेको अवस्थामा सांवा ब्याज स्वरुप जम्मा १०।८ करोड डलर बराबर मात्र बुझाउनु पर्ने देखिन्छ यदि नेपाली मुद्रा बिगत दुई दशकमा जस्तै ९।३ प्रतिशतले अवमूल्यन हुने हो भने । यो रकमलाई नेपाली मुद्रामा तुलना गर्ने हो भने हाल कायम रहेको रु ७ अर्ब सांवाको चार वर्ष अगाडी सांवा रु ५।५ अर्ब मात्र भएको पनि स्मरणिय छ ऋण पूरा चुक्ता गर्न १० वर्षमा जम्मा रु १६।२ अर्ब सांवा ब्याज स्वरुप भुक्तानी गर्न पर्छ भने सो ऋणलाई तत्काल नेपाली मुद्राको ऋणले प्रतिस्थापन गरेको अवस्थामा सांवा ब्याज स्वरुप जम्मा १० वर्षमा जम्मा रु १०।५ अर्ब मात्र बुझाउनु पर्ने हुनआउंछ ।

प्राधिकरणले निजी क्षेत्रबाट खरिद गर्दा तिर्न पर्ने दर
प्राधिकरणले निजी क्षेत्रबाट निर्माण तथा संचालन हुने खिम्ती भोटेकोशी इन्द्रावती र माथिल्लो मोदी जस्ता आयोजनाहरुबाट बिजुली खरिद गर्ने सम्झौताहरु गरेको छ र यी सम्झौताहरुको कारण प्राधिकरण नोक्सानमा जाने सम्बन्धमा धेरै टिका टिप्पणी हुने गरेको छ । यी टिप्पणीहरु मध्ये एउटा महत्वपूर्ण टिप्पणी हो यसरी खरिद गरेको बिजुली प्राधिकरणले बिक्री गर्दा प्राधिकरणलाई घाटा पर्ने निश्चित छ । तर प्राधिकरणलाई नोक्सान पर्ने कारणले मात्र नभएर यी सम्झौताहरुमा निहित कमजोरीहरुको कारणले गर्दा यी सम्झौताहरु पुनरावलोकन पश्चात संशोधन गरेर पनि प्राधिकरणको लागत घटाउन सकिन्छ र यसरी घटेपछिको अवस्थामा प्राधिकरणका ग्राहकको महशूलमा ठूलो बृद्धि अनावश्यक हुन जान्छ ।

माथि उल्लिखित सबै आयोजनाबाट प्राधिकरणले तिर्ने दर निर्धारण गर्दा उत्पादन खर्चमा थप (Cost Plus) बिधि अपनाईएका छन् । तर जतिबेला यी दरहरु निर्धारण भए त्यसबखत यथार्थ उत्पादन खर्चको आंकडा उपलब्ध नहुनाले अनुमानित उत्पादन खर्च (Estimated Project Cost) लाई आधार बनाएर दर निर्धारण गरिएको थियो । अहिले निर्माण कार्य सम्पन्न भईसकेको अवस्थामा यथार्थ लागत थाहा भईसकेको पृष्ठभूमिमा सम्झौतामा तोकिएको दर ठीक भए नभएको पुनरावलोकन गर्न आवश्यक छ । यस सन्दर्भमा के स्मरणिय छ भने खिम्ती आयोजनाको लागत बढ्ने भएको आधारमा त्यस आयोजनाबाट खरिद गर्ने बिजुलीको दर बृद्धि गर्नको लागि सम्झौता नै संशोधन गरिएको थियो । तसर्थ उचित आधारहरुको पृष्टभूमि बनाएर यी सम्झौताहरु संशोधन गरेर पनि जनता माथि महशूल बृद्धिको भार लाद्न नपर्ने गर्न मिल्छ ।

यस प्रसंगमा भोटेकोशी आयोजनाको उदाहरण सान्दर्भिक हुन्छ । मेशिनरी उपकरण खरिद तथा जणन र निर्माण लागत जम्मा ६।८ करोड डलर र अन्य प्रशासकिय खर्च निर्माण अवधिको ब्याज आदि समेत ३ करोड डलर समेत गरेर यस आयोजनाको अनुमानित कूल लागत ९।८ करोड डलर भएको कारणले सन् १९९५ को मूल्यमा प्राधिकरणले तिर्ने दर ६ सेन्ट निर्धारित गरिएको थियो । हाल यो आयोजनाको मेशिनरी उपकरण खरिद तथा जडान र निर्माण लागत जम्मा ४।८ करोड डलर र अन्य प्रशासकिय खर्च निर्माण अवधिको ब्याज आदि समेत २ करोड डलर समेत गरेर कूल लागत ६।८ करोड डलरमा सम्पूर्ण निर्माणको काम सम्पन्न हुने भएको छ । यस्तोमा प्राधिकरणले यस आयोजनालाई तिर्ने दर समिक्षा गरेर घटाउन आवश्यक हुन आउंछ ।

निश्कर्ष
माथि उल्लिखित कारणहरुले गर्दा प्राधिकरणले महशूल दर नबढाईकन पनि स्वलगानी र प्रतिफलको दर बृद्धि गर्न सकिन्छ । यस बिपरित महशूलको दर बृद्धि गरेको अवस्थामा प्राधिकरणलाई प्रत्युत्पादक भई राजश्वमा नै ठूलो ह्रास आएर स्वलगानी र प्रतिफलका दरहरु उल्टो घट्न जाने मात्र नभएर ठूलै घाटा भएर टाट नै उल्टन सक्ने सम्भावना प्रबल छ ।

२०५७ भाद्र १८ को देशान्तरमा प्रकाशित

6 comments:

Adams Kevin said...

आवेदक ध्यान।

2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।

यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।

इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874

marycole loancompany said...

परमेश्वरको शान्तिले तपाईं संग हुन सक्छ।
तपाईं एक व्यापारी वा बहिनी हुनुहुन्छ? तपाईं कुनै पनि हुनुहुन्छ
वित्तीय तनाव या तपाईं शुरू गर्न धन गर्नुपर्छ।
तपाईंको आफ्नै व्यापार?
एक) व्यक्तिगत ऋण व्यापार विस्तार।
बी) सुरु-अप कारोबार र शिक्षा।
सी) समेकन
नाम: ..........................................
देश: .........................................
स्थान: ..........................................
स्थिति: .......................................
लिंग: ................................................ ...
उमेर ................................................. ....
ऋण राशि आवश्यक: .........................
ऋण अवधि: ...................................
व्यक्तिगत सेल फोन नम्बर: .......................
मासिक
आय: .....................................
धन्यवाद र परमेश्वरको आशिष।
इमेल: marycoleloanscompany3@gmail.com

Vold stephen hansl said...

तपाईं नयाँ व्यवसाय वा व्यापार विस्तार लागि सुरु गर्न एक ऋण आवश्यकता छ? तपाईं व्यक्तिगत ऋण चाहिन्छ? हामी .सबै तपाईं आवश्यक 2% को ब्याज दर मा ऋण को सबै प्रकार प्रस्ताव आज हामीलाई एक स्पर्श इमेल र आफ्नो समस्याको हामीलाई सम्पर्क गर्दै @ (voldstephenhanslloanfirm@gmail.com)

Sergey Yakubova said...

Upfront शुल्क बिना किफायती LOAN प्रस्ताव

नमस्कार,

आफ्नो वित्तीय आवश्यकता के हो?
हामी 3% को एक धेरै कम ब्याज दर मा 1 देखि 30 वर्ष दायरा कि सहज अवधि संग $ 100,000,000.00 अधिकतम बाहिर $ 2,000.00 एक न्यूनतम देखि ऋण दिन।

के तपाईं व्यापार ऋण चाहिन्छ?
तपाईं व्यक्तिगत ऋण चाहिन्छ?
तपाईं एक कार किन्न गर्न चाहनुहुन्छ?
तपाईं पुनर्वित्त गर्न चाहनुहुन्छ?
तपाईं एक बंधक ऋण चाहिन्छ?

तपाईं आफ्नो व्यापार प्रस्ताव वा विस्तार बन्द सुरु गर्न एक विशाल राजधानी चाहिन्छ? तपाईं आशा गुमाएका र कुनै तरिका बाहिर छ, र आफ्नो आर्थिक बोझबाट अझै यथावत् छ तपाईंलाई लाग्छ?
कृपया सम्भव व्यापार सह-कार्यका लागि हामीलाई सम्पर्क गर्न संकोच छैन

हामीलाई सम्पर्क इमेल मार्फत: constantloanfirm1@gmail.com
                                   constantloanfirm@yahoo.com

Raymond Million said...

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

Raymond Million said...

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)