वि.सं. २०५२ सालमा नेपाल खानेपानी संस्थान (नेखापासंले) गरेको प्रक्षेपण अनुसार २०६५ सालको लागि दैनिक २९ करोड लिटर पानी आवश्यक हुन्छ । नेपालमा जनयुद्धले गर्दा अन्यत्रबाट काठमाडौं उपत्यकामा बसाइं सर्नथालेकोले गर्दा यहांको जनसंख्या त्यस बखत प्रक्षेपण गरिए भन्दा बढी भएको पनि घाम जत्तिकै छर्लङ्ग छ । यस्तोमा काठमाडौं उपत्यका खानेपाली लि. (काउखाली)ले सुक्खायाममा अहिले ९ करोड लिटर मात्र उपलब्ध गर्न सकेको र यो परिमाणको ४० प्रतिशत पानी चुहावट भएको पनि यो संस्थाले आधिकारिकरुपमा स्वीकारेको तथ्य हो (यथार्थमा चुहावट यो भन्दा धेरै भएमा आश्चर्य मान्न आवश्यक छैन) । तसर्थ दैनिक २९ करोड लिटर भन्दा धेरै बढी आवश्यक भएको हालको अवस्थामा ६ करोड लिटर भन्दा कम आपूर्ति गरेकोले पानीको हाहाकार हुनु आश्चर्यको कुरा हैन ।
एशियाली विकास बैंक समेतको संलग्नतामा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीको पानी सुरुंगबाट सुन्दरिजल ल्याएर काठमाडौं उपत्यकामा आपूर्ति गर्ने अवधारणा बारे नेपालीले सुनेको धेरै भई सक्यो । मेलम्ची २०६३ साल सम्ममा आउने र त्यस पछि काठमाडौंको सडक पखाल्न समेत पानी यथेष्ट हुने भविष्यवाणी राजनीतिकर्मीले गरेको यहांका बासिन्दालाई पक्कै पनि झलझली सम्झना हुनुपर्छ । तर कटु यथार्थ हो अर्को ५/६ वर्ष अहिलेको स्थितिमा क्रमभंग हुने देखिन्न । त्यो पनि समयमा आयोजना शुरु गरेर समयमा सम्पन्न भएमा, नत्र काठमाडौं उपत्यकामा बिद्यमान काकाकुलको स्थिति झन लम्बिनेछ र समस्या अरु विकराल हुनेछ ।
वस्तुतः सडक समेत पखाल्न पुग्ने गरेर पानी उपलब्ध हुन्छ भन्ने कुरा मनको लड्डु घिउसंग खाने जस्तो मात्र हो । अथवा सोम शर्माको चिन्तन मात्र हो । किनभने यो आयोजना अन्तर्गत सुक्खायाममा दैनिक १७ करोड लिटर (करिब २ घन मिटर प्रति सेकेन्ड) पानी काठमाडौं उपत्यकामा थप उपलब्ध हुने देखिन्छ । हाल उपलब्ध ९ करोड लिटर र २०७०/७१ मा सम्पन्न हुने भनिएको आयोजना सम्पन्न भएपछि थप उपलब्ध हुने १७ करोड लिटरबाट ४० प्रतिशत चुहावट कटाउंदा दैनिक १५ करोड ६० लाख लिटर मात्र उपलब्ध हुन्छ जतिबेला काठमाडौं उपत्यकाको मांग दैनिक ३४ करोड लिटर पुग्छ नेखापासंको २०५२ को प्रक्षेपण अनुसार । बाहिरबाट काठमाडौं उपत्यका भित्र आप्रवासनको कारणले जनसंख्या बृद्धि समेतलाई दृष्टिगत गर्दा यहां पानीको हा-हाकार कायम मात्र नरहेर अत्यधिक बृद्धि हुने देखिन्छ । त्यस पछिका वर्षहरुमा मांग उत्तरोत्तर रुपमा बढ्दै जांदा खानेपानीको समस्या रात भरी रुंगदा पनि के चािहं जिउंदै भन्ने उखान चरितार्थ हुने देखिन्छ ।
बहुउद्देश्यीय मेलम्ची आयोजना
यस पंक्तिकार समेतको संलग्नता रहेको एउटा स्वयंसेवी समूहले बहुउद्देश्यीय मेलम्ची आयोजनाको अवधारणा अगाडी ल्याएकोछ, जुन कार्यान्वयन गर्दा काठमाडौं उपत्यकाको खानेपानीको समस्या मात्र समाधान नभई यो क्षेत्रमा बिद्यमान बिद्युत संकट (लोड सेिडंग)को पनि समाधान हुनाको साथै बागमती नदीले नवजीवन पाउंछ भने सर्लाही र रौतहट जिल्लामा सुक्खायाममा ३० हजार हेक्टर कृषियोग्य जमिन िसंचाई गर्न समेत पानी उपलब्ध हुन्छ बिना थप लगानि ।
दैनिक १ अर्ब १२ करोड लिटर पानी
बिद्यमान मेलम्ची योजना अन्तर्गत मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याए पछि दोश्रो र तेश्रो चरण अन्तर्गत क्रमसः यांग्री र लार्के नदीबाट उत्तिकै परिमाणमा पानी ल्याउने भनाई छ । तर पहिलो चरण नैं कार्यान्वयन प्रारम्भ गर्न ३० वर्ष भन्दा बढी लागेको परिप्रेक्ष्यमा कुनै ठोस योजना बनिनसकेको र कोषको पनि व्यवस्था नभएको दोश्रो र तेश्रो चरण बन्ने बेला सम्ममा काठमाडौं उपत्यकाको खानेपानी समस्या अझ विकराल हुने निश्चित छ ।
तसर्थ बहुउद्देश्यीय मेलम्चीको अवधारणामा बिद्यमान मेलम्ची आयोजना अन्तर्गत बन्ने सुरुंगबाटै एकै चरणमा यांग्री र लार्के मात्र नभई बलेफी नदी समेतबाट सुक्खायाममा दैनिक १ अर्ब १२ करोड लिटर पानी (झण्डै १३ घन मिटर प्रति सेकेन्ड) काठमाडौं उपत्यका भित्रुउने सोच हो । यसो गर्दा निर्माणाधीन सुरुंगबाटै ९५ करोड लिटर थप पानी आपूर्ति हुनेछ जसबाट ५० वर्ष पछि आवश्यक पर्ने दैनिक ५४ करोड लिटरको मांग समेत सरलतापूर्वक पूर्ति हुनेछ ।
भगिरथ र बागमती
काठमाडौं उपत्यकामा बग्ने बागमती नदी मृत प्रायः भईसकेको छ, अप्रशोधित ढल उद्योग कलकारखानाबाट निसृत प्रदूषित पदार्थ बगाउनाले । पहिले बागमतीलाई गंगा, सायद अन्ततः गंगा नदीमा मिसिने हुनाले, सम्झेर उपत्यकाबासीले श्रद्धा गर्ने गरेकोमा अहिले यो ढलमती बनेको छ । बागमती सभ्यता, बागमती संरक्षण आदि नाममा जति पनि कार्यक्रम चलाए पनि, पैसा खर्च गरे पनि बागमतीलाई गंगा त के नदी सम्म पनि भन्न लायक हुने छैन जब सम्म यसमा निर्मल, कंचन पानी बग्दैन ।
यसो भनेर प्रकृतिले पहिले दिएको परिमाणमा पानी अहिले नदएिकोले यस्तो अवस्था आएको भन्ने होइन । प्रकृतिले औसत दरमा नैं पानी निरन्तर दिईराखेकै छ । तर काठमाडौं उपत्यकामा प्रकृतिबाट प्राप्त भन्दा धेरै बढी परिमाणमा पानी आवश्यक भएकोले र अप्रशोधित ढल र प्रदूषित पदार्थ बगाउनाले यो नदी ढलमतीमा रुपान्तरण भएको हो । अहिलेको अवस्थामा यो नदीमा थप पानी कसैगरेर पनि उपलब्ध हुंदैन, जतिसुकै पैसा नदी संरक्षण सम्बर्धनको नाममा खर्च गरे पनि, कार्यक्रम चलाए पनि ।
बागमतीलाई नदी भन्न लायक पार्न पानी बग्ने गराउन पर्ने भएकोछ जसको लागि आधुनिक भगिरथको आवश्यकता छ । पौराणिक भगिरथले पृथ्वीमा गंगालाई अवतरण गराए, अवथा नदीमा पानी ल्याएको भनिन्छ । बागमतीलाई पनि आधुनिक भगिरथको आवश्यक भएको छ, ताकी यसमा पनि निर्मल कंचन पानी बगोस् । यो कुरा बहुउद्देश्यीय मेलम्चीको अवधारणाबाट मात्र सम्भव छ । माथि उल्लेख गरेझैं १ अर्ब १२ करोड लिटर पानी बलेफी लार्के यांग्री र मेलम्चीबाट सुन्दरिजल हुंदै काठमाडौं उपत्यका प्रवेष गरेपछि काठमाडौं उपत्यकालाई दैनिक ५० करोड लिटर नैं आपूर्ति गरेपनि ६२ करोड लिटर बागमतीमा बांकी नैं रहन्छ र खानेपानी बितरण संजालमा आपूर्ति गर्दा गैर उपभोग्य उपयोग (लुगा धुने नुहाउने आदि उपयोग) भएको पानी फेरि नदीमा नैं फर्कन्छ जुन ८५ प्रतिशत सम्म हुन्छ । अर्थात दैनिक ५० करोड लिटर आपूर्ति गरेको मध्ये सांढे ४२ करोड लिटर नदीमा पुन उपलब्ध हुनाले दैनिक १ अर्ब ४ करोड लिटर पानी नदीमा निरन्तर बग्नेछ । यो सुक्खायामको कुरा हो । अहिले सुक्खायाममा केहि कालो बाक्लो लेदो बग्ने गरेको बागमतीमा दैनिक १ अर्ब ४ करोड लिटर पानी बग्दाको अवस्था कस्तो हुनेछ भनेर यहां वर्णन गर्न आवश्यक छैन । यसो भन्नाले हामीमा बिद्यमान अप्रशोधित ढल उद्योग कलकारखानाबाट निसृत प्रदूषित पदार्थ बगाउने असभ्य व्यबहारलाई निरन्तरता दिइनु पर्छ भन्ने कदापि होइन । हामी सभ्य कहलाउन आवश्यक कदम पनि चाल्न अबेर भई नैं सकेकोछ ।
त्यसकारण भगिरथ प्रयत्न गरेर बागमतीलाई नदीको रुपमा पुनःस्थापना गर्न र यस नदीलाई पुनर्जीवन दिन बहुउद्देश्यीय मेलम्ची आयोजनाको कार्यान्वयन अहिले अपरिहार्य भएकोछ । बागमती काठमाडौं उपत्यकाको जीवन-आधार हो र यसको यस्तो दुर्गतीले काठमाडौंबासीको दैनिकि कस्तो अवस्थामा छ भन्ने चित्रित मात्र नगरेर यहांका बासिन्दाको चरित्रको नकरात्मक छांया पनि प्रतिबिम्बित गर्छ । विश्वका समृद्धशाली मुलुकका अधिकांश प्रख्यात शहरहरुमा अवस्थित नदीको अवस्थामा बागमतीलाई पनि पुर् याउन बहुउद्देश्यीय मेलम्ची परियोजनाले धेरै हद सम्म सघाउने निश्चित छ ।
जलबिद्युत
मेलम्ची बहुउद्देश्यीय आयोजना अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको थिम्बु भन्ने ठाउंमा ५० मेगावाटको एउटा जलबिद्युत आयोजना बन्दछ भने दक्षिणकाली मन्दीर नजिकैबाट १९ किलोमिटर लामो सुरुङ्गबाट पानी झारेर बन्ने आयोजनाबाट २१५ मेगावाट बिजुली उत्पादन हुन्छ । काठमाडौं उपत्यका र बिरगंज-परवानीपुर औद्योगिक क्षेत्र नजिकै यसरी २६५ मेगावाट बिजुली उत्पादन हुंदा यो क्षेत्रलाई धेरै राहत पुग्ने निश्चित छ ।
िसंचाई
बहुउद्दश्यीय मेलम्ची आयोजनाको सौन्दर्य भनेको माथि उल्लेख गरे झैं बागमती नदीमा थप उपलब्ध हुने पानीले सर्लाही र रौतहट जिल्लाको ३० हजार हेक्टर जमिनमा सुक्खायाममा िसंचाइ गर्ने सुविधा उपलब्ध हुनु हो । यसरी िसंचाइ गर्नको लागि सरकार वा किसान कसैले थप लगानि गर्न आवश्यक पर्दैन । किनभने चिनिया सहयोगबाट निर्मित बागमती िसंचाइ आयोजनाको नहर संजालले हाल पानी परेको बेलामा मात्र िसंचाई सुविधा उपलब्ध गरिराखेकोछ र यही संजालबाट सुक्खायाममा त्यहांका किसानलाई थप पानी उपलब्ध भएर हाल १ वाली मात्र खेती गरिराखेको अवस्थामा ३ वाली खेती सम्भव हुन जाने हुनाले ती किसानको कायाकल्प नैं हुने अवस्था छ ।
हाल बिद्यमान मेलम्ची आयोजना राजधानी केन्द्रित हो र पच्चिसौं अर्ब लगानि गर्दा पनि राजधानी बाहिरका कोहि पनि लाभान्वित हुन्नन् । तर बहुउद्देश्यीय आयोजनाले मध्यमााचल विकास क्षेत्रका अधिकांश जनता लाभान्वित हुने अवस्था छ । यो नैं यस्तो एउटा आयोजना हो जसमा हिमालबाट बगेर आएको पानीले पहाड देखि तराई सम्मका बासिन्दा लाभान्वित हुन्छन् ।
लगािन
सर्लाही र रौतहट जिल्लाको ३० हजार हेक्टर जमिनमा सुक्खायाममा िसंचाइ गर्ने सुविधाको लागि थप लगानि गर्न आवश्यक नपर्ने कुरा मािथ उल्लेख भईसक्यो । खानेपानी तर्फ पनि बिद्यमान मेलम्ची आयोजना अन्तर्गत दैनिक १७ करोड लिटर पानीको लागि गरिने लगानिमा कुनै प्रकारले बृद्धि गर्न पनि आवश्यक छैन । २६५ मेगावाटको जलबिद्युत आयोजना निमार्णार्थ करीब ५० करोड डलर आवश्यक पर्छ, जुन जलबिद्युत आयोजना निर्माणको लागि आवश्यक औसत लागतको परिधि भित्रै पर्दछ (मध्य मस्र्याङदीको प्रति मेगावाट लागतको एक तिहाईको हाराहारिमा मात्र पर्दछ) । त्यसकारण यो आयोजना निजी सार्वजनिक साझेदारी लगायतका संयन्त्रबाट लगानिकर्तालाई पोषाउने गरेर निर्माण हुनसक्दछ ।
सारांशमा बहुउद्देश्यीय अवधारणा कार्यान्वयन गर्न दैनिक १७ करोड लिटर पानीको लागि आवश्यक कोष मात्रैको लगानिबाट थप ९५ करोड लिटर पानी उपलब्ध हुने र बागमतीलाई नदीको रुपमा पुनःस्थापना गर्न र यसलाई नविकरण गर्न कुनै थप लगानि आवश्यक पर्दैन । ३० हजार हेक्टर खेतीयोग्य भूमिमा सुक्खायाममा थप िसंचाई सेवा पनि फोसामा नैं उपलब्ध हुन्छ । थप लगानि लाग्ने भनेको जलबिद्युत आयोजना निर्माण गर्नको लागि मात्र हो ।
बहुउद्देश्यीय मेलम्ची आयोजनाको बिरोध
बहुउद्देश्यीय अवधारणाको बिरोध दुई किसिमले भएको पाइन्छ । एक तप्का यो अवधारणा हाल बिद्यमान मेलम्चीलाई तुहाउनलाई आएको भनेर आफ्नो सतही ज्ञानको प्रदर्शन गर्छन् भने अर्को तप्का थोरै आर्थिक लाभको लागि किन बहुउद्देश्यीयमा जाने भनेर बहुउद्देश्यीय मेलम्चीको अवधारणा सम्बन्धमा आफूमा रहेको अज्ञानता प्रदर्शन गर्छन् ।
हाल लगानि गर्न लागेकै रकम मात्रको लगानिबाट सांढे ६ गुणा भन्दा पनि बढी पानी काठमाडौं उपत्यकामा उपलब्ध हुनु भनेको निश्चय पनि थोरै आर्थिक लाभ भन्नु बुद्धिमानीको लक्षण होइन । अझ बिना कुनै थप लगानि फोसामा ३० हजार हेक्टर जमिनमा सुक्खायाममा िसंचाइको सुविधा उपलब्ध हुनु कसै गरी पनि थोरै आर्थिक लाभ होइन । बिद्युतिय संकट झेलिरहेको अहिलेको अवस्थामा उच्च मांग हुने इलाकामा नैं २६५ मेगावाट थप बिजुली उत्पादन हुने कुरालाई थारै आर्थिक लाभ भनेर बहुउद्देश्यीय आयोजनालाई नकार्नु बुद्धिमत्तापूर्ण कार्य पनि मान्न कदापि सकिन्न ।
एशियाली विकास बैंक
बहुउद्देश्यीय आयोजनाको बिरोध गर्नेहरु एशियाली विकास बैंकलाई खलपात्रको रुपमा प्रस्तुत गरेर पनि बिरोध गर्ने गरेका छन् । स्पष्ट छ, यो जस्तो प्रख्यात बहुराष्ट्रिय संस्थाले अत्यधिक नेपालीको हित हुने कुराको बिरोध गर्ने मुर्खता पक्कै पनि गर्ने छैन । यस पंक्तिकारले उक्त बैंकका पदाधिकारीहरु यस अवधारणा बारे गरिएको छलफलबाट पनि यही झल्केकेा छ । अझ नेपालको राष्ट्रिय हितको कुरामा बैंकका केही पदाधिकारी बिरोध गर्दछन् भने यस्तालाई उपयुक्त थात देखाउने काम पनि नेपालीले नैं गर्नु पर्दछ । काठमाडौं उपत्यकाका बासिन्दा मात्रै होइन अंध्यारोले आक्रांत सबै र विषेश गरेर सर्लाही र रौतहटका जनता सबै मिलेर यस्तो राम्रो अवधारणाको बिरोध गर्नेलाई पाठ सिकाउन वान्छनिय छ ।
निष्कर्श
राज संस्था भूतपूर्व भई सकेको नयां नेपालमा पनि बिगतका सरकारले लिएका अदूरदर्शी, अबुद्धिमानीपूर्ण निर्णयहरुले निरन्तरता पाउनु यस्तै तप्काका आयोजना मात्र कार्यान्वयन गर्न उद्यत हुनु, बिगतका गलत निर्णयहरुको पुनरावलोकन सम्म पनि नहुनु निश्चय पनि दुर्भाग्यपूर्ण कुरा हो । अहिलेको अवस्था भनेको नयां सिसिमा पुरानो रक्सी समेत नभएर रक्सी पनि निम्न गुणस्तरको पुरानै र सिसि पनि पुरानै, खालि लेबल मात्र नयां टांसिएको देखापर्दछ ।
नयां आयोजना सम्पन्न भएपछि पनि खानेपानीको हाहाकारको विकरालताले निरन्तरता पाउने बिद्यमान मेलम्ची आयोजनाको सट्टा यसलाई बहुउद्देश्यीय बनाएर पानी पनि सांढे ६ गुणा बढी प्राप्त गरेर उपभोक्तालाई मनग्गे पानी मात्र उपलब्ध नगराएर ढलमती भईसकेको बागमतीलाई पुनःस्थापना गर्ने तथा यसलाई पुनर्जीवन प्रदान गर्न समेत थप लगानि नलाग्ने हुनाले बहुउद्देश्यीय अवधारणा कार्यान्वयन गर्न अनिवार्य भएको छ । विषेश गरेर बिजुलीको अनिकाल परेको अहिलेको अवस्थामा निजी सार्वजनिक साझेदारीको संयन्त्रबाट व्यवसायिक तवरबाट २६५ मेगावाट जलबिद्युत आयोजना निर्माण हुने कुरालाई कसैगरी पनि कम महत्वपूर्ण रुपमा आकलन गर्न मिल्दैन । अझ नबिस्रन पर्ने कुरा त के हो भने आफूलाई पाखा पारिएको महसूस गर्ने तराईका नेपाली जनताले बिना कुनै लगानि र परिश्रम थप ३० हजार हेक्टर जमिनमा सुक्खायाममा िसंचाई सुविधा उपलब्ध हुने हो ।
२०६५ माघ १४ गतेको गोरखापत्रमा प्रकाशित
1 comment:
आवेदक ध्यान।
2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874
Post a Comment