Monday, May 21, 2012

सीमान्तकृत, बहिस्कृत, पाखापारिएकाहरुको पहिचानको आधारमा संघियता


भनिन्छ आदीबासी, जनजाति, दलित, मधेशी र महिला सीमान्तकृत, बहिस्कृत तथा पाखापारिएका छन् । त्यसैले पहिचानको आधारमा संघियतामाको मांग जोडदाररुपमा गरिंदैछ ।

आदीबासी, जनजाति, दलित, मधेशी आदि सीमान्तकृत, बहिस्कृत, पाखापारिएका छन् भने यिनका महिलावर्ग दोहरै सीमान्तकृत, बहिस्कृत, पाखापारिएका छन् । सीमान्तकृत, बहिस्कृत नभएका अभिजात्यवर्गका महिलाहरु पनि सीमान्तकृत, बहिस्कृत तथा पाखापारिएका छन् ।

यस्तोमा पहिचानको आधारमा यदि कुनै समूहलाई राज्यको आवश्यकता छ भने महिलावर्गको पहिचानको आधारमा राज्य खडा गर्नु सबभन्दा धेरै आवश्यक छ । तर यसतर्फ कसैको ध्यान गएकोछैन । नारीबादी समूह, गैरसरकारी संस्थाहरुले समेत यस तर्फ पहल नगर्नु आश्चर्यजनक छ, सोचनिय कुरा हो ।

तर व्यवाहरिक रुपमा हेर्ने हो भने महिलावर्गको पहिचानको आधारमा राज्य खडा हुन सक्दैन । खडा गरेर सम्पूर्ण महिलावर्गलाई यो राज्यमा बसाउंदा श्रृष्टि नैं पनि चल्दैन ।

महिलावर्गको छुट्टै राज्य व्यवहारिक नभए जस्तै ११८ मध्ये १० वटा समूहलाई मात्र छुट्टै राज्य दिनु बुद्धिमत्तापूर्ण हुन्न । छुट्टा छुट्टै राज्यहरु बनाउने हो भने ११८ वटै समूहका साथै आधा आकाश समेट्ने गरेर एउटा छुट्टै महिलावर्गको पहिचानमा आधारित राज्य समेत गरेर ११९ राज्य आवश्यक हुन आउंछ, जुन सम्भव देखिंदैन ।
सबभन्दा महत्वपूर्ण कुरा के हो भने यथास्थितिमा ११९ राज्य खडा गर्दैमा बहिस्करण, सीमान्तिकरण आदिको समस्या समाधान हुंदैन । समाधान स्थानिय निकायलाई कानून जारी गर्ने अधिकार निक्षेपणमा छ ।
Ratna Sansar Shrestha

No comments: