Monday, May 21, 2012

“बाहुन चोर देश छोड” ! !

“बाहुन चोर देश छोड” ! !


के भनेको हो ? के गर्न लागेको हो ?

हिजोको बन्दमा “बाहुन चोर देश छोड” भन्ने नारा पनि घन्कियो । माओबादीका भातृसंगठनहरु बन्दको आयोजक मध्येका हुन् । अनि एमाओबादी दलका अध्यक्ष, अन्य उपाध्यक्ष तथा धेरै पदाधिकारी बाहुन छन् । त्यस्तै प्रधानमन्त्री, मन्त्रीहरुमा बाहुनको बाहुल्य छ, एमाओबादीको प्रतिनिधित्व गर्नेहरु पनि । त्यसैलै यो नारा अचम्मको छ र यो त गजबको बिडम्बना पनि भयो ।

प्रजातन्त्र (जसलाई अहिले लोकतन्त्र भनिन्छ)मा एउटा नेपालीले अर्को नेपालीले देशबाट खेद्ने कुरा गर्न मिल्छ र ?

हुन त मैलाई पनि “नेपाल मण्डल” छोडेर जाउ भनिएको थियो, जातिय, धार्मिक, सास्कृतिक, भाषागत (ethnocentric) आधारमा देशलाई ११८ प्रदेश बनाउन पर्ने बाध्यात्मक अवस्थामा पुग्नु बुद्धिमत्तापूण कुरा होइन भन्ने धारणा व्यक्त गर्दा । के प्रजातन्त्र (लोकतन्त्र)मा अभिव्यक्ति स्वतंत्रता हुंदैन ? त्यसो भए यस्तो प्रजातन्त्र (लोकतन्त्र)को के काम ?

सायद मानिसहरुलाई यहि कुरा सोच्न, भन्न बाध्य पारेर प्रतिगमनको षडयन्त्र हुंदैछ । सके राजतन्त्र फर्काउने नसके २०४७ को संविधान ब्युंताउने !

बन्दकर्ताहरु पनि यस तर्फ सचेत हुन आवश्यक छ ।
Ratna Sansar Shrestha

No comments: