सामान्यतया अंध्यारोलाई असत्य र उज्यालोलाई सत्यको रुपमा लिने चलन छ र सत्यले असत्य माथि अवश्य पनि जित हासिल गर्छ भन्ने सर्बमान्य कुरा पनि हो । तर कूल जनसंख्याको तीन चौथाई जनता चौबिसै घण्टा बाह्रै मास अंध्यारोमा बस्न बाध्य छन् बिजुलीमा पहुंच नपुग्नाले । यो तप्काका जनता अंध्यारोमा नैं जीवन यापन गर्छ भन्ने चािहं होइन टुकी दियालो आदि प्रयोग गरेर उज्यालोको तृष्णा मेट्ने प्रसाय गरेकै हुन्छन् । तर आधुनिक युगमा पनि बिजुलीको झिलिमिलिबाट बंचित हुनु भनेको अंध्यारोमा बांच्न अभिशप्त हुनु जत्तिकै हो जसको पीडा उज्यालोमा बस्नेले बुझ्न सक्दैनन् । यिनलाई अंध्यारोमा बस्न राज्यले समेत बाध्य पारेको अवस्था छ र यिनको लागि बिजुली जस्तो आधुनिक उज्यालो भनेको बिलासिता नैं भएको छ ।
बांकी एक चौथाई नेपालीले अहिले बिजुली उपभोग गर्न पाई रहेको छन् र उज्यालोको स्वाद चाख्न पाएका छन् । तर यो तप्काका जनता पनि निश्चिन्त छ्रैनन् किनभने लोड सेिडंग हुन्छ बिजुलीको खडेरीले गर्दा । पहिले सुख्खायाममा मात्र लोड सेिडंग हुन्थ्यो भने यस पाला वर्षायाममा पनि अंध्यारोमा बस्नु परेको छ ।
यस्तोमा २०६५ भाद्र १ गते प्रकाशित राष्ट्रिय दैनिकहरुमा नेपाल बिद्युत प्राधिकरणको आर्थिक वर्ष २०६४।६५ को वार्षिक प्रतिबेदन छापियो जसमा ूनेपालले आर्थिक वर्ष २०७०।७१ सम्ममा हालको उर्जा संकटलाई समाधान गरि अतिरिक्त उर्जा उत्पादन गर्न सक्षम हुने लक्ष्य लिइएको छ । उक्त समय सम्ममा आन्तरिक मांगलाई पूर्णरुपमा पूर्ति गरी जगेडा उर्जा भारतलाई निर्यात गर्न सकिने विश्वास लिइएको छू लेखिएकोले गर्दा लोड सेिडंगको मार खेपी रहेका नेपाली जनताले केही आशान्वित हुने मौका पाए । अझ भोलि पल्ट गरिएको वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशकले किटानी साथ बि।सं। २०७० पछि लोड सेिडंग इतिहांसको पन्नामा मात्र सीमित हुने कृुराको घोषणा गरेको सुन्दा नेपालीहरु धेरै नैं हौसिए ।
आ।व। २०७०।७१ मा बिद्युतिय मांग र आपूर्ति
जलश्रोत क्षेत्रमा कार्यरत भएको नाताले परिचित अपरिचित धेरैले यस पंक्तिकारसंग प्राधिकरणको दावीको पुष्ट्याईं मागेको हुनाले आ।व। २०७०।७१ सन् २०१३।१४ मा बिद्युतिय मांग र आपूर्ति विष्लेशन गरियो । प्राधिकरणले गरेको प्रक्षेपण अनुसार सन् २०१३।१४ मा उच्चतम मांग १२ सय ७१ मेगावाट हुने रहेछ भने निम्न आयोजनाहरु उक्त अवधि सम्ममा सम्पन्न गर्ने हुने पनि प्राधिकरणले आंकलन गरेको कुरा पनि सोही प्रतिबेदनबाट देिखंदोरहेछ । प्राधिकरणको अग्रसरतामा माथिल्लो तामाकोशी ३०९ चमेलिया ३० कुलेखानी तेश्रो १४ राहुघाट ३० माथिल्लो त्रिशुली ३ए ६० माथिल्लो त्रिशुली ३बी ४० र माथिल्लो मोदी ए ४२ समेत गरेर ५२५ मेगावाट निर्माण गर्ने योजना रहेछ ।
साथै सान्जेन माथिल्लो ११ सान्जेन ३५ भोटेकोशी ८० रसुवागढी ७५ काबेली ए ३० र माथिल्लो मस्र्या¨दी ५० समेत गरेर २८१ मेगावाट निजी क्षेत्रको अग्रसरतामा निर्माण हुने अपेक्षा पनि प्राधिकरणले गरेको रहेछ । यसरी प्राधिकरणको तर्फबाट ५ सय २५ मेगावाट र निजी क्षेत्रबाट २ सय ८१ मेगावाट थपिए पछि कूल ८ सय ६ मेगावाट क्षमता अभिबृद्धि हुने अपेक्षा गरिएको रहेछ भने हाल बिद्यमान ६ सय १७ मेगावाटमा ७० मेगावाटको मध्य मस्र्यादी पनि यो वर्ष भित्र थपिएपछि सन् २०१३।१४ सम्ममा जम्मा १४ सय ९३ मेगावाट बिजुली आपूर्ति हुने देखिन्छ ।
लोड सेिडंगको अन्त्य
सतही तवरले हेर्दा सन् २०१३।१४ मा उच्चतम मांग १२ सय ७१ मेगावाट हुने र आपूर्ति १४ सय ९३ मेगावाट हुने भएपछि प्राधिकरणको वार्षिक प्रतिबेदनमा उल्लेख गरिए झैं तथा कार्यकारी निर्देशकले घोषणा गरे झैं नेपाली जनताले लोड सेिडंगको रोगबाट मुक्ति पाउने निश्चित देखिन्छ । तर गहिरिएर हेर्ने हो भने यो कुरा सांचो होइन भन्ने कुरा पनि प्रष्टिन्छ । किनभने १४ सय ९३ मेगावाट जडित क्षमताबाट यहि परिमाणमा बिजुली वर्षायाममा मात्र उत्पादन हुन्छ र सुख्खायाममा यो परिमाणमा बिजुली उत्पादन नहुने कुरा अधिकांश इन्जिनियिरंग विषय अध्ययन नगरेका नेपाली जनताले पनि बुझ्ने भई सकेका छन् । अझ यो सालको वर्षायाममा समेत जडित क्षमता अनुरुप बिजुली उत्पादन नभएर पानी परेर बाढीले आक्रांत भएको बेलामा पनि लोड सेिडंगको समस्या झेल्न पर्नाले पनि नेपाली जनता समझदार भई सकेका छन् ।
तसर्थ तथ्य के हो भने जडित क्षमता १४ सय ९३ मेगावाट भएको अवस्थामा सुख्खायाममा ७-८ सय मेगावाट मात्र बिजुली उत्पादन हुन्छ भने प्राधिकरणले प्रक्षेपण गरेको उच्चतम मांग १२ सय ७१ मेगावाट पनि सुख्खायाम हिउंद मा नैं हुन्छ । त्यसकारण प्राधिकरणले लोड सेिडंग सन् २०१३।१४ इतिहांसको पन्नामा मात्र सीमित हुन्छ भने पनि लोड सेिडंग नेपाली भूगोलमा नैं कायम रहने देखिन्छ । अर्थात त्यतिखेर सुख्खायाममा ३-४ सय मेगावाट अपुग हुने निश्चित छ र लोड सेिडंगले इतिहासको किताबमा सीमित भएर बस्न मान्ने अवस्था देिखंदैन ।
लोड सेिडंगको प्रक्षेपण
प्राधिकरणको प्रक्षेपण अनुसार चालू आर्थिक वर्ष सुख्खायाममा दैनिक १० घण्टा लोड सेिडंग हुन्छ भने अर्को वर्ष दैनिक १३ घण्टा हुन्छ । जुन बढेर २०६७।६८ मा दैनिक १५ घण्टा पुग्छ भने त्यस पछिको वर्षमा दैनिक १७ घण्टा । २०६९।७० को प्रक्षेपण यस पंक्तिकारलाई उपलब्ध छैन र २०७०।७१ सन् २०१३।१४ पछि लोड सेिडंग गर्न पर्दैन भनेर त प्राधिकरणले नैं घोषणा गरिसकेको छ जुन कुरा यस पंक्तिकारको विष्लेशनसंग मेल खांदैन ।
यस पंक्तिकारको विष्लेशन आफ्नै ठाउंमा छ र प्राधिकरणको आंकलन आफ्नै ठाउंमा छ । तर एउटा कुरा भने स्पष्ट छ प्राधिकरणकै आंकलन मिल्नको लागि पनि माथिको सूचीमा उल्लिखत आयोजनाहरुको निर्माण अपेक्षातीत समयमा सम्पन्न हुनु पर्दछ र बिजुली उत्पादन शुरु हुनुपर्छ । भएन भने लोड सेिडंगलाई इतिहांसको पन्नामा सीमित गर्ने प्राधिकरणको मनसूबा पूरा मात्र नहुने होइन यस पंक्तिकारले आशंका गरेको भन्दा बढी परिमाणमा लोड सेिडंग हुने अवस्था आउंछ ।
यस सम्बन्धमा प्राधिकरणको बिगतलाई नजिकबाट केलाउंदा के पनि देखिन्छ भने प्राधिकरणले आज पर्यन्त निर्माण गरेका कुनै पनि आयोजना भनिएको मिति तिथिमा सम्पन्न भएका छैनन् । अहिले निर्माणाधीन मध्य मस्र्यादी आयोजना आज भन्दा ४ वर्ष अगाडी नैं सम्पन्न हुने कुरा नेपाली जनतालाई सुनाइए तापनि अझ सम्पन्न भएको छैन र अरु केही समय लाग्न सक्छ भन्ने कुरा पढ्न पाइएको छ । हुन त प्राधिकरणका उच्च तहका पदाधिकारीहरुले धेरै चोटी विभिन्न कार्यक्रमहरुमा मध्य मस्र्यादीलाई उदाहरणको रुपमा लिन हुन्न भन्ने गरेका छन् । त्यसकारण प्रस्तुत विष्लेशनको सन्दर्भमा प्राधिकरणको अग्रसरतामा हाल सम्ममा सम्पन्न आयोजनाहरु मध्ये उत्कृष्टतम् आयोजनालाई दृष्टिगत गर्न आवश्यक हुन्छ ।
यस सम्बन्धमा चिलिमे आयोजनाकै नाम लिन पर्ने हुन्छ जुन आयोजना राम्रो आयोजनाको रुपमा चर्चाको शिखरma रhya यस आयोजनाका पदाधिकारीले त्यही कारणले गर्दा विभिन्न पुरस्कार आदि पनि प्राप्त गरेका छन् । तर यो आयोजनाको निर्माणमा अनुमानित लागत भन्दा रु ८० करोड बढी खर्च मात्र भएन आयोजना पनि ५ वर्ष ढिला गरेर मात्र सम्पन्न भएको तथ्य यहां मननीय छ ।
निष्कर्श
त्यसकारण माथिको सूचीमा उल्लिखित आयोजनाहरु समयमैं सम्पन्न हुने सम्भावना कम छ भने नेपाली जनताको भाग्यले गर्दा समयमै सम्पन्न भए पनि इतिहांसमा सीमित हुने भनिएको लोड सेिडंग तद्पश्चात पनि कायमै रहने देखिन्छ । किनभने उक्त आर्थिक वर्षमा उच्चतम मांग १२ सय ७१ मेगावाट हुने छ भने जडित क्षमता १४ सय ९३ मेगावाट भएको अवस्थामा सुख्खायाममा ७-८ सय मेगावाट मात्र बिजुली उत्पादन हुने हुनाले ३-४ सय मेगावाट अपुग नैं रहने अवस्था छ । अझ सम्पन्न हुने भनिएका आयोजनाहरु समयमा सम्पन्न नभएको अवस्थामा त समस्या अझ विकराल हुने अवस्था छ ।
प्राधिकरण जस्तो एउटा प्राविधिकहरुको बाहुल्यता भएको संस्थाले यस पंक्तिकारले गरे जस्तो विष्लेशन गर्न नसक्ने स्थिति निश्चय पनि छैन । तसर्थ प्राधिकरणले यस किसिमले नेपाली जनतालाई यथार्थ जानकारी दिने प्रयास गरेको भए बढी सराहनिय हुने थियो ।
२०६५ कार्तिक ११ गतेको कान्तिपुरमा प्रकाशित
No comments:
Post a Comment