Monday, October 1, 2012

खोक्रो/नक्कली राष्ट्रबाद र “जनयुद्ध”का शहिद

नेकपा माओबादीले भारतिय सवारी साधन र हिन्दी सिनेमा माथि नेपालमा प्रतिबन्ध लगाएकोलाई एनेकपा माओबादीले खोक्रो/नक्कली राष्ट्रबाद नामकरण गरेको समाचार प्रेषित भएकोछ । स्मरणिय छ, काम चलाउ प्रधानमन्त्री आफैले २०५२ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउबालाई बुझाएको ४० बुंदे माँगमा यी माँग पनि समाबेश थिए, जुन पूरा नगरेको कारण देखाएर एमाओबादीले १० वर्षसम्म “जनयुद्ध” चलाएकोले बीसौं हजार नेपाली “शहिद” भए ।

अहिले एमाओबादीले यी माँगलाई खोक्रो/नक्कली राष्ट्रबादको बिल्ला भिराएकोले “जनयुद्ध”मा “शहिद” भएकाहरु खोक्रो/नक्कली राष्ट्रबादको लागि “शहिद” भएका हुन् भन्ने देखापरेकोछ । कसले यस सम्बन्धमा स्पष्ट गर्न सक्छ होला ?

No comments: