Friday, October 19, 2012

राष्ट्रपति निर्वाचनको "प्रचण्ड पासा"

अन्तरिम संबिधानको धारा ३६ग अनुसार “राष्ट्रपतिको पदावधि संबिधान सभाबाट जारी हुने संबिधान प्रारम्भ नभएसम्मका लागि हुनेछ” । तसर्थ राष्ट्रपतिको पद खालि नैं नभएको अवस्थामा निर्वाचनको कुरा निरर्थक छ । विधायिकाको अस्तित्व समाप्त भएकोमा विधायिकाको निर्वाचनको चासो छैन । अझ सरकार काम चलाउ बनेको र कार्यकारी अधिकार गुमाएकोमा कार्यकारी अधिकार सहितको सरकारले निर्माण गर्नतिर नलागेर यो कस्तो हौवा फैलाइएको हो ?


अन्तरिम संबिधानको धारा ३६ख मा राष्ट्रपतिको निर्वाचन संबिधान सभाबाट गर्ने व्यवस्था छ । तर संबिधान सभाको अस्तित्व समाप्त भएको अवस्थामा राष्ट्रपतिको निर्वाचन हुनै सक्दैन । अनावश्यक विषयमा गलफत्ति गरेर समय बर्बाद गर्नु बुद्धिमत्तापूर्ण हुन्न ।

No comments: