नेपालभित्र भारतिय सवारी साधनलाई निषेध गर्नाले तथा हिन्दी सिनेमा प्रदर्शन प्रतिबन्धित भएर छिमेकीसंगको सम्बन्ध बिग्रने हुनाले यस्तो आन्दोलन गर्नेलाई कारवाहि गर्ने निर्देशन कामचलाउ प्रधानमन्त्री भट्टराईले सुरक्षा निकायहरुलाई दिएको समाचार प्रेषित भएको छ । ठीकै पनि हो, यस्तो कृयाकलापले भारत निश्चय पनि चिढिन्छ । अझ महत्वपूर्ण कुरा त के हो भने यसो गर्दा अधिकांश नेपालीको चुलो बल्दैन, खाना पकाउने ग्यांसको अभाव भएर र खाद्य सामग्रीमा समेत भारतमाथि निर्भर हुनाले । तसर्थ कारवाहि गर्नुको औचित्य आफै स्पष्ट छ ।
तर २०५२ सालमा बाबुराम भट्टराईले नैं शेरबहादुर देउबालाई यो समेतका ४० बुंदे माँग प्रस्तुत गरेका थिए र यस्तै माँग शेरबहादुर देउबाले पूरा गर्न नगरेकोले जनयुद्ध शुरु गरिएको थियो ।
अहिले शेरबहादुर देउबाको ठाउंमा बाबुराम भट्टराई पुगेका छन्, प्रधानमन्त्री भएर मात्र होइन, भारतिय सवारी साधनलाई नेपालमा निषेध गर्नेलाई कारवाहि गर्ने निर्देशन दिएर पनि । यो पृष्ठभूमिमा बिचार गर्दा भट्टराई आफैले पूरा गर्न नसक्ने माँग देउबासंग गरेर १० वर्ष सम्म चलाएको जनयुद्धमा नेपाल आमाका झण्डै २० हजार सन्ततीले मृत्युवरण गरेको निष्फल रहेछ कि भन्ने आशंका जनमानसमा पर्न थालेकोछ, कामचलाउ प्रधानमन्त्री तथा एमाओबादी दलले यथासिघ्र स्पष्ट पार्दा सबैको भलो हुने देखिन्छ ।
Ratna Sansar Shrestha
No comments:
Post a Comment