Saturday, June 2, 2012

जरुरी नागरिक अपील, १४ जेठ २०६९


"संबिधानसभाले संघियताको परिभाषा अहिले नगरोस"

संबिधानसभामा संघियताको परिभाषा गर्ने कार्य ४/४ वर्षसम्म अगाडी नबढेको संदर्भमा अंतिम घडीमा आएर अस्वस्थ बन्दै गएको हामी नागरिकले पाएका छौं । यसले नेपालका समुदायहरु बिचको सौहार्दता तथा सुसम्बन्धमा असर पर्ने, अंतरजातीय सदभाव खल्बलिने तथा नेपालको आर्थिक अग्रगमन र समाजिक बिकासमा धक्का लाग्ने हुंदा हामीले यो बक्तब्यको साथ सुझाब पेश गरेका छौं ।

हामी नेपालका समुदायहरु बिचको सौहर्दता तथा सुसम्बन्धमा असर नपर्ने, अंतरजातीय सदभाव नखल्बलिने गरेर कार्यान्वयन गरिने संघियता तथा राज्य पुनःसंरचनाका पक्षधर हौं । हाम्रो मुलुकको सामुदायिक बिबिधता, बसोबासको इतिहास तथा भौगोलिक उत्कृष्टताको आधारमा बन्ने संघियताको परिभाषाले एकार्तफ हरेक समुदायको पहिचानलाई सुरक्षित गर्नेछ भने अर्कोतर्फ मुलुकको हरेक भागमा आर्थिक समृद्धिको ढोका खोली दिन्छ । यसको लागि हिमाल-पहाड़-तराई/मधेशको भाग्यरेखा कोर्ने क्षमता भएको जलश्रोत लगायतका प्राकृतिक श्रोतको नेपालको हितमा अत्यधिक दोहनमा अवरोध नआउने गरेर प्रान्तहरुको निर्माण गर्ने पक्षमा हामी छौं ।

हाम्रो यो पनि बिचार छ कि संघियताको परिभाषा मानविय सम्बेदंशीलताका साथ तथा समाजशास्त्रीय सोच सहित गरिनु पर्छ, ताकी हरेक सिमांतकृत समुदायको पहिचान तथा समृद्धिको लागी यसले आधार बनाओस । संघियताले केहीलाई राम्रो गर्दा कुनै अरु समुदाय या जात/जातीको स्वाभिमान तथा अर्थिक-सामाजिक अवस्थामा धक्का नलागोस भनेर सबै सर्तक हुनुर्पदछ । विशेष गरी नेपालमा बिद्यमान ११८ समुदाय मध्ये १० वटा समुदायलाई उच्चतम स्थान दिएर प्रान्तहरु खडा गर्दा बांकि १०० भन्दा बढी समुदायहरुले बहिस्कृत, सीमान्तकृत तथा पाखापारिएको महशूस गर्न सक्छन् र सदभाव बिथोलिने सम्भावना उच्च हुन्छ ।

संघियताबारे संबिधानसभाभित्र पर्याप्त बहस नभएको प्रस्ट छ । यस्तो महत्वपूर्ण बिषयमा आम जनतामाझ पनि खुला र ब्यापक छलफल हुन पाएको छैन । संबिधानसभाको आयुको अंतिम घडीमा पनि धेरै सिमांतकृत र अल्पसंख्यक समुदायहरुको आवाज उठ्नसकेको छैन । यस अर्थमा संबिधानसभा भित्र र बाहिर संघियताको बहस अर्पूण रह्यो, र यसलाई पूर्णता नदिईकन संघियताको परिभाषा पारित गर्नु हुँदैन ।

हामी निम्नलिखित नागरिकहरुको सुझाब छ कि प्रान्तहरुको सीमांकन तथा नामांकन जस्ता जटिल र समबेदंशील विषयमा आज १४ जेठ २०६९ को अंतिम दिन संबिधानसभाले निर्णय लिनु उचित हुँदैन । संघितायाको परिभाषा गर्ने कामको लागी उचित र अधिकारसंपन्न ब्यवस्थाको लागी र्निणय लिनु बुद्धिमानी हुनेछ ।

संबिधानमा लेखीने संघियताको खाकाले सींगो देशलाई समृद्ध र सम्पन्न बनाओस ।
दस्तखतकर्ताहरुः
बिजयमान शेरचन
राजेश विश्वकर्मा
निम बहादुर बुढाथोकी मगर
क्याप्टेन बिजय लामा
डा. गणेश गुरुंग
रत्न संसार श्रेष्ठ
सम्पर्क: ९७४१० ६७६१६
Ratna Sansar Shrestha

No comments: