Thursday, March 5, 2009

इतिहास बड०गयाएको अपराधमा

मे २ २०००
सम्पादकज्यू
हिमाल खबरपत्रिका

युवराज घिमिरेजीको इतिहास "बड०गयाएको अपराधमा” शिर्षकको लेख चाख लाग्दो लाग्यो । इतिहास बड०गयाउनु अपराध हो भने दबाउनु के मानिन्छ होला ? किनभने ऐतिहांसिक घटनाक्रमहरु दबाइएको थुप्रै उदाहरणहरु छन् । नेपाल एकीकरणको अभियानको सिलसिलामा कीर्तिपुरबासीहरुको नाक काटिएको घटनाले इतिहासमा स्थान पाएको छ । तर काठमाडौंका तत्कालिन राजा जयप्रकाश मल्लको पराजयोपरान्तको एउटा नृशंस घटनाको उल्लेख किहंकतै पाइन्न ।

काठमाडौं राज्य माथि नियन्त्रणको लागि भएको अन्तिम युद्धमा हारेपछि जयप्रकाश मल्लले पलायन गरे । यसपछि तिनको नातागोता लगायतका त्यसबेलाका राजघराना र अन्य थुप्रै मानिसहरु भूमिगत भए । केही समय पछि काठमाडौंका नयां शासकले सबै यस्ता व्यक्तिहरुलाई आममाफिको घोषणा गरेर भूमिगत भएकालाई बाहिर आउन प्रेरित गरे । यस्तो आम माफीको भर गरेर खुल्ला जीवन बिताउन आएकाहरुको षडयन्त्रपूर्वक आमहत्या गरियो । तर यो घटना कुनै पनि इतिहासमा उल्लेख पाइन्न । इतिहासले त निरपेक्ष भएर सबै तब्काका ऐतिहासिक घटनाको अभिलेख गर्नु पर्नेमा यस्तो नगर्ने वा नहुने आकस्मिकतामा नियमितता कति निहित छ होला ?

रत्न संसार श्रेष्ठ

मे २ २००० मा प्रकाशनार्थ पठाईको तर अप्रकाशित

No comments: