Thursday, May 2, 2013

खोक्रो राष्ट्रबाद

प्रचण्डजी

नेपालमा अंध्यारो तथा नेपालमा औद्योगिकरण तथा रोजगारी सृजनाको अभाव युवा बिस्थापित भएको अवस्थामा सिन्कीमो मोलमा उच्च गुणस्तरको बिजुली निकासी गर्नु हुन्न भन्नु खोक्रो राष्ट्रबाद होइन ।

अरुण तेश्रोको उच्च गुणस्तरको बिजुली नेपालको औद्योगिकरण, यातायातमा पेट्रोलियम पदार्थ बिस्थापन गर्ने गरेर बिद्युतिकरण गर्नमा, कृषि प्रशोधन गर्न उपयोग गर्नुपर्छ ।

बचेउब्रेको बिजुली नेपालको राज्य कोषले मुनाफा प्राप्त गर्ने गरेर भारतबाट पैठारी गरिने दरमा मात्र निकासी गर्नुपर्छ, सिन्कीको मोलमा हैन ।

माथिको कुरा गरेर देशको समृद्धिको पैरबी गर्दा खोक्रो राष्ट्रबाद ठहर्छ भने खोक्रो राष्ट्रबाद भएपनि मातृभूमिको सेवा गर्नपाएकोमा कृतार्थ छौं ।

No comments: