Thursday, May 2, 2013

देशलाई गरिब बनाउने राष्ट्रवाद

प्रचण्डजी,
राष्ट्रबादले देशलाई कदापि गरिब बनाउंदै । साथै धनी होइन्छ भनेर राष्ट्रबाद त्याग्न कसै गरेर पनि सकिन्न । के आफू धनी हुनलाई कसैले आफ्नै आमालाई बलात्कार गर्ने स्वीकृति दिन्छ ? राष्ट्रबाद त्याग्नु भनेको पनि यस्तै हो ।

अरुण तेश्रोको सन्दर्भमा सिन्कीको मूल्यमा यसले उत्पादन गरेका बिजुली भारत निकासी गरेर नेपाल धनी हुंदैन । यो बिजुली पूर्वांचल बिकास क्षेत्रमा बढी भन्दा बढी खपत हुने गरेर औद्योगिकरणबाट रोजगारी सृजना गर्न पाए नेपाल धनी हुन्छ । भारतमा औद्योगिकरण भएर नेपाल धनी हुन्न ।

भारतमा सस्तो बिजुली निकासी गर्न त्यो पनि नेपाललाई अन्धकारमा मात्र नराखेर, औद्योगिकरणको अभावमा बेरोजगार युवा युवतिलाई बिदेशमा शोषित पिडित हुन पठाएर नेपाल धनी हुने सपना तपाईलाई सतलज जलबिद्युत निगमले देखाएकोछ भने यो भ्रान्तीबाट तपाइं चांडै मुक्त हुन जरुरी छ ।

No comments: