Sunday, January 27, 2013

"स्वतंत्र व्यक्तिमा सहमति भए सरकार छाड्छौंः एमाओबादी"

राजनैतिक दलहरु साँप, बिच्छी र भ्यागुताको अवस्थामा छन्, एक अर्कासंग डराउने भएकोले । त्यसकारण नेपाली कांग्रेसले सत्ता मोह देखाएर देशलाई अनिश्चयको भूमरीमा फसांउदा आगामा पुस्ताको अभिशापको पात्र बन्ने छन् । एउटा दल सत्तामा रहे (विशेष गरेर सुरक्षा सम्बन्धी मन्त्रालयहरु नियन्त्रणमा रहे) अर्को दलको पत्ता साफ गरिने आशंका र कुण्ठा छ भने सत्तामा रहेको दलले सत्ताको श्रोत साधन, जनशक्ती आफ्नो पक्षमा दुरुपयो हुने सम्भावना पनि प्रबल छ । त्यसकारण कांग्रेस र एमालेले पनि एमाओबादीले जस्तो उदारता देखाएर देशलाई अनिर्णयको बन्दी अवस्थाबाट मुक्त गर्न आवश्यक छ । http://www.erajdhani.com/index.php?option=com_content&view=article&id=6732%3A-------&catid=1%3Anational&Itemid=8&lang=en

No comments: