Tuesday, July 7, 2009

Re: article on electricity import from India

July 6, 2009
Mr Sher Singh Bhat
Chief
Load Dispatch Center, NEA

Dear Sher Singhjee

I am glad that my following email has at least elicited a response from you.

You may be saying the right thing. However, even for "a person" like me, I need to follow and also believe what is published in the mainstream media until and unless contradicted by the concerned - NEA in this instance. What you have said about the rate and Q40 basis should have been made public for the discerning readers. Moreover, my point was Nepal becoming self reliant and also the advantage of the Nepal receiving the power plant free of cost after the end of license period.

My point was NEA should offer Rs 5.20 (equivalent to INR 3.25) to IPPs in Nepal instead of India and, further, it is beneficial for Nepal even to offer more for the power plants to be built in Nepal as GoN becomes the owner afterwards. You have also pointed out about high cost due to Q40. I agree with you that this is a bad policy on the part of NEA. NEA should have announced ToD and seasonal tariff instead, such that IPPs decide about the Q40 or otherwise and they take the risk, instead of NEA being burdened with it.

Thank you for your advice to better analyze "everything Nepali". I will take that in proper spirit as I am the one that have been steadfastly analyzing this aspect for last several decades.

However, most importantly, my focus was on trying to stay away from a scenario under which India will be in a position embargo "trade" with Nepal and "blockade" transit and use electricity similarly.

With best regards,

Sincerely,

Ratna Sansar Shrestha

From: Sher Singh Bhat [mailto:sneeti@wlink.com.np]
Sent: Sunday, July 05, 2009 7:33 AM
To: Ratna Sansar ShresthaSubject:
Re: article on electricity import from India

Dear Ratna Sansarji

Your article is based on what was published in a paper written by some one who didnot have actual information or who was so biased to fool Nepalese readers just to create an excitement through News. I suggest yoy not followw such aarticles without proper information. A person like you, if comments and criticizes government on the basis of an article which was not based on proper information and later you know that you have wasted your time and pen for some thing which was not true, imagine your own position.

The analysis, the rate of import and all other parameters are fabricated and far beyond the truth. The proposed rate was INR 3.25 which could be further negotiable. As you know that dry season energy of Nepalese 25 MW developers becomes NRS 8.89 after escalation and these power plants are mostly on Q40 basis, how would you compare this Nepalese production with INR 3.25 i.e. 5.20 which is a firm power throghout the year/
Nepalese water, Nepalese money, Nepalese manpower, Nepalese mind and all such sentimental things are offered Rs 8.89 and still they are crying, lobbying for more but you are criticizing for imported Rs 5.20 per unit. Stiching cost of shirt in Nepal is Rs 200.00 but in Rs 250.00 you get achinese shirt including cloth. Why doesn't everybody stiches a shirt here in Nepal?

I have always benn saying through my various presentations that latest economic theory of " Prosperity of Nation" is the "theory of competitive advantage". Hydropower is our comparative advantage not competitive advantage. In this twenty first century, comparative davantage is worthless until it is made competitive. Is our end product i.e. hydropower, competitive? Our developers always ask concessions and more price. Why don't they become competitive to this RS 5.20? Would you agree to buy Nepalese electricity with all the concessions and protectionism at Rs 8.89 per unit against imported electricity at Rs 5.20? Who is then benefitted from these concessions?

I would advise you to better analyse why this "everything Nepali" product with all that government concession is almost double to what is import price? Where are these hidden costs?

Thanks

Bhat

Saturday, July 4, 2009

भारतबाट बिजुली आयात - बौद्धिक स्खलनको प्रतिक

सामान्यतया भारतमा बिजुली निकासी गरेर नेपाललाई समृद्ध र सम्पन्न पार्ने जस्ता पश्चिमबाट सूर्य उदाउने सपना बांडिन्थे तर नेतृत्व, नीति, कार्यक्रम, साधन श्रोत आदि यसैमा केन्द्रित पार्नाले नेपालले सन् २००० पछि मुक्ति पाइसकेकोमा अहिले बिद्युतिय खडेरीको पुनराबृत्ति भएकोछ । एक भारतीय कर्मचारीको लहलहैमा लागेर राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. शंकर शर्माले समेत १० हजार मेगावाटबाट नेपाललाई वार्षिक २ सय ५० अर्ब रुपैया रोयल्टीबाट मात्रै प्राप्त हुन्छ भनेर भ्रमित पार्नपुगे । किनभने त्यति रकम प्राप्त गर्न रोयल्टी दर नैं प्रति युनिट किलोवाट घण्टाको ५ रुपैयां भन्दा बढी हुनुपर्छ जुन सम्भव छैन (बिजुलीको थोक बिक्री दर नैं ५ रुपैयाको हाराहारीमा छैन) ।

महंगो दरमा आयात
शुरुमा माओबादी नेतृत्वको तथा अहिले एमाले नेतृत्वको सरकारहरुले भारतबाट बिजुली पैठारी गरेर नेपालको बिद्युतिय संकट टार्ने उपाय पहिल्याएकाछन् । झट्ट सुन्दा तत्काल समस्या समाधानको लागि उचित लागे पनि यसलाई गहनतापूर्वक केलाउन जरुरी छ । आर्थिक रुपमा सम्भाब्य भनिएको नेपालको ४३ हजार मेगावाट क्षमता नैं नेपालले खपत गर्न सक्दैन जुन भनाईसंग यो पंक्तिकार सहमत छैन र नेपालको बिजुलीको निर्विकल्प बजार भारत मात्र हो भनिएको पृष्ठभूमिमा नेपालले भारतबाट आयात गर्ने सोच नैं हास्यास्पद ठहर्छ । प्रथमतः एउटा मुलुकले त्यस्ता वस्तु मात्र पैठारी गर्छ जुन आफ्नो मुलुकमा उपलब्ध उत्पादन हुन सक्दैन । अरु धेरै कुराको अभाव भएतापनि नेपालमा बिजुली उत्पादन क्षमताको अभाव छैन । त्यसमा पनि प्रकाशित समाचार अनुसार २ सय ५० मेगावाट २५ वर्ष सम्मको लागि प्रति युनिट ७ रुपैया २० पैसा सांढे ४ भारु को उच्च दरमा पैठारी गर्ने भनिएकोछ ।

पश्चिम सेती आयोजनाबाट नेपालले सांढे ३ रुपैयाको हाराहारीमा बिजुली निकासी गर्न लागेकोमा नेपालले भारतबाट ७ रुपैया भन्दा बढीमा पैठारी गर्दा नेपालको बौद्धिकताको नकरात्मक चित्रण हुन्छ । भारतमा प्रचलित "नेपाली राम्रा हुन्छन् तर बेबकूफ पनि" भन्ने आहानलाई मात्र यो कुराले पुष्ट्याउंछ । अनि निकट भविष्यमा नेपालबाट सांढे ३ रुपैयाको हाराहारीमा पैठारी गरेकै बिजुली नेपाललाई नैं ७ रुपैया भन्दा बढीमा निर्यात गरेर भारत लाभान्वित हुने अवस्था आउनेछ र नेपाली बौद्धिकताको कारणले नेपालबाट किनेको बिजुली शत्प्रतिशत मुनाफामा नेपाललाई नैं बिक्री गरिनेछ ।

साथै के पनि सम्झन जरुरी हुन्छ भने यसरी भारतबाट बिजुली आयात गरे पनि नेपालको बिद्युतिय संकटको तात्कालिक समस्या समाधान हुन्न । किनभने उल्लिखित क्षमताको बिजुली तत्काल भारतबाट नेपालमा प्रवाह हुन आवश्यक प्रशारण प्रणाली छैन, जुन बनाउनै पनि २/३ वर्ष लाग्छ तदारुकताका साथ काम भएमा । गत साल वर्षातमा कोशी नदीले पूर्वि तटबन्ध भत्काउंदा ढलेका केहि टावरहरु निर्माण गर्न लागेको समयलाई आधार मानेमा कम्तीमा पनि ५ वर्ष लाग्छ ।

नेपाल स्थित आयोजनाबाट खरिद दर
प्राधिकरणले नेपालमा निर्माण हुने आयोजनाबाट सुक्खायाममा प्रति युनिट रु ७ र वर्षायाममा प्रति युनिट रु ४ को थोक दरमा बिजुली खरिद गर्ने घोषणा गरेकोले औसत थोक दर ४ रुपैया ९३ पैसा कायम हुन्छ । तर यो दरको आधार वर्ष सम्बन्धित आयोजनाबाट व्यापारिक उत्पादन शुरु हुने आर्थिक वर्ष कायम हुने प्राधिकरणले घोषणा गरेको हुनाले आयोजना निर्माण २ वर्षमैं सम्पन्न भए पनि हालको मूल्यमा यो दर ४ रुपैंया ४६ पैसा मात्र हुन्छ यदि मुद्रा स्फीति ५ प्रतिशत मानिएमा जुन हालको नेपालको आर्थिक स्थितिको पृष्ठभूमिमा न्यून दर हो । यस पृष्ठभूमिमा नेपालमा निर्माण हुने आयोजनाको तुलनामा भारतबाट डेढी भन्दा बढी महंगोमा आयात गर्न उद्यत हुनु प्राधिकरणको हकमा बुद्धिमानी ठहर्दैन । एकातिर नेपालमा निर्माण हुने आयोजनाको लागि दर कम हुनाले लगानिकर्ताहरु निरुत्साहित भएका छन् भने भारतबाट भने महंगोमा आयात गर्न तयार हुनु आश्चर्यजनक कुरा हो र यसबाट राष्ट्रहित पनि हुन्न ।

महंगोमा भएपनि भारतबाट पैठारी गर्ने हो भने तदारुकताकासाथ काम भएमा मात्र २/३ वर्ष पछि आपूर्ति हुन थाल्छ भने नेपालमा निर्माण हुने आयोजनालाई पनि भारतकै दर दिने हो भने आवश्यक परिमाणमा बिजुली नेपालमा नैं २/३ वर्ष भित्रै उत्पादन हुने अवस्था छ । कसैले प्रश्न गर्न सक्छ हाल घोषित औसत थोक दर भन्दा बढी किन तिर्ने भनेर ।

इजाजतपत्रको अवधि पछि आयोजना नेपालको
यो प्रश्नको उत्तर सरल छ इजाजतपत्रको अवधि पछि यस्ता आयोजनामा नेपालको स्वामित्व कायम हुने हुनाले । २५ वर्ष सम्म भारतबाट महंगो दरमा पैठारी गरेर सम्झौता अवधि पछि नेपालले पुनः शून्यबाट शुरु गर्नु पर्ने हुन्छ भने नेपालमा निर्मित भएमा २५ वर्षे इजाजतपत्रको अवधि पछि आयोजना नैं नेपालको हुन्छ र त्यस पछि उत्पादन हुने बिजुलीलाई एक पैसा पनि तिर्न पर्दैन । अर्थात भारतलाई उच्च दर तिरे पनि सम्झौता अवधि पछि हात लाग्यो शुन्य हुन्छ भने नेपालमा निर्मित आयोजना इजाजतपत्रको अवधि पछि पूर्णतः यो मुलुकको सम्पत्ति हुन्छ बिना कुनै मूल्य ।

आयोजना निर्माण गर्न इच्छुक लगानिकर्तासंग बुझ्दा उनिहरुले भारतले मांगेको दरको अपेक्षा गरेका छैनन् । हाल घोषित औसत दर भन्दा केहि बढी अर्थात ५ रुपैया देखि सांढे ५ रुपैया जतिको दर प्राधिकरणले घोषणा गरेमा लगानिकर्ताहरु निर्माण गर्न तयार छन् र भारतबाट पैठारी गर्न आवश्यक पूर्वाधार निर्माण गर्न लाग्ने समय जतिमा नेपाल भित्रै बिजुली उत्पादन हुने अवस्था हुंदाहुंदै प्रति युनिटको ७ रुपैया २० पैसामा आयात गर्न राजी हुनु पूर्णतः युक्तिसंगत छैन ।

घिउ आफ्नै भागमा
माथि उल्लेख गरे झैं स्वदेशी वा बिदेशी लगानिबाट निर्माण हुने आयोजनालाई भारतले मांगेको जति नै उच्च दर तिर्दा पनि इजाजतपत्रको अवधिपछि उत्पादन हुने बिजुली निशुल्क प्राप्त भएर नेपाल लाभान्वित हुने अवस्था छ भने नेपालमा निर्माण हुने आयोजनाको लागि त्यति उच्च दर समेत आवश्यक नहुनाले हाल घोषित दर भन्दा केहि मात्र बढी िदंदा नेपाली उपभोक्ता प्राधिकरण र नेपाल राज्य समेत लाभान्वित हुने बाटो त्यागेर अन्यथा सोच्नु निश्चय पनि सम्बन्धितको बौद्धिक स्खलनको परिचायक हो ।
अझ बिदेशी लगानिकर्ताले निर्माण गरेको आयोजनाको हकमा स्वभावतः मुनाफा बिदेशिन्छ भने नेपाली लगानिकर्ताले आयोजना निर्माण गरेको अवस्थामा आयोजनाले कमाउने मुनाफा समेत मुलुक भित्रै रहेर आर्थिक कृयाकलापमा अभिबृद्धि हुन्छ र पूंजी निर्माण भएर घिउ आफ्नै भागमा पोखिएको चरितार्थ हुने अवस्था छ ।

आयात गर्न प्रशारण प्रणाली
भारतबाट पैठारी गर्ने भनिएको बिजुली तत्काल नेपालमा आपूर्ति हुनुमा प्रशारण प्रणालीको बाधक भएको कुरा माथि नैं उल्लेख भईसकेकोछ । साथै नेपालले भारतबाट बिजुली आयात गर्न आवश्यक ४०० के.भि. प्रशारण प्रणालीमा नेपालले ठूलै परिमाणमा लगानि गर्न पर्ने कुरा पनि समाचारमा आई सकेकोछ । अब सम्झन जरुरी छ कि यसरी निर्माण हुने प्रशारण प्रणाली नेपालमा बिजुली पैठारी गरेर मात्र पूर्ण क्षमतामा उपयोग हुंदैन र यसमा गरिएको लगानि पोषाउने पनि हुन्न ।

यो सिक्काको अर्को पाटो भने अझ चाख लाग्दो छ । अरुण तेश्रो तामाकोशी दोश्रो र तेश्रो लिखु लगायतका आयोजनाहरुको बिजुली भारत निकासी गर्ने उद्देश्यले निर्माणाधीन छन् र यिनबाट उत्पादित बिजुली भारतमा उपलब्ध गर्न पनि प्रशारण प्रणाली आवश्यक हुन्छ । अब बिचारणिय पक्ष के हुन्छ भने नेपाललाई बिजुली उपलब्ध गराउने भनेर नेपालको लगानिमा प्रशारण प्रणाली निर्माण गर्ने तर उपयोग भने भारतमा बिजुली निकासी गर्न प्रयोग गर्ने । सतही रुपमा के भो त भन्ने प्रतिकृया आउन सक्छ । तर गहिरिएर सोच्दा स्पष्ट हुन्छ कि भारतबाट बिजुली त्यो पनि महंगो दरमा आयात गर्ने नाममा नेपालले आफ्नो दुर्लभ आर्थिक श्रोत लगानि गरेर प्रशारण प्रणाली निर्माण गर्ने र भोलि लाभान्वित भारत नैं हुने । सामान्यतया निकासीमूलक आयोजना आफैले आवश्यक प्रशारण प्रणालिको लागत व्यहोर्न पर्नेमा नेपालको दुर्लभ श्रोत यस प्रयोजनमा प्रयोग हुनु पनि बुद्धिमत्तापूर्ण मान्न सकिन्न ।

बिजुलीको सामरिक महत्व
यस पालाको सुख्खायाममा नेपालमा चर्कंदो बिद्युतिय संकट टार्न ३० मेगावाट भारतबाट पैठारी गर्ने सम्बन्धमा सम्पूर्ण कारवाहि पूरा भईसकेपछि बैशाखको दोश्रो साता निबर्तमान प्रचण्ड सरकारले सेनापती कटुवाललाई अवकास दिने उद्देश्यले स्पष्टिकरण सोधेको कारणले गर्दा भारतको बिदेश मामला मन्त्रालयले अवरोध गर्दा सम्बन्धित कागजातमा दस्तखत हुनु २ दिन अघि मात्र रद्द भयो । यसबाट के स्पष्ट हुन्छ भने भारतको लागि ३० मेगावाट बिजुली पनि सामरिक महत्वको कुरा हो । साथै यो समेत कारणले गर्दा बैशाखको २० गते प्रचण्ड सरकारले राजिनामा समेत दिन बाध्य भएको कुरा पनि स्मरणिय छ ।

तर नेपाल भारत सम्बन्धको परिप्रेक्षमा यो नयां कुरा होइन । मानिसको स्मरण शक्ति छोटो अवधिको मात्र हुन्छ भनिएतापनि २०४५ साल देखि भारतले नेपाल माथि लगाएको नाकाबन्दी नेपालीहरुले पक्कै बिसे्रका छैनन् । नेपाल धेरै कुराको लागि निर्भर हुनाले प्रभावकारीरुपमा भारतले नाकावन्दी लगाउन सफल भयो र तत्कालिन सरकारलाई घुंडा टेक्न मात्र बाध्य पारेन नेपालको राजनैतिक व्यवस्था पनि यहि कारणले परिवर्तन भयो । यसले गर्दा समेत (त्यस बखतको जनआन्दोललाई यहां नकार्न वा अवमूल्यन गर्न खोजिएको होइन) नेपालमा २०४६/४७ मा प्रजातन्त्रको प्रादुर्भाव भयो । देश जनतालाई के कति राम्रो भयो भन्ने पनि यहां विष्लेशन गर्न खोजएको छैन तर त्यस लगत्तै जनतामा व्याप्त बितृष्णाले गर्दा नेपालले १० वर्षे जनयुद्ध भोग्न पर् यो र आज देश एउटा अत्यधिक तरल स्थितिमा पुगेकोछ र देशभक्तहरु देशकै अस्तित्वको लागि चिन्तित छन् । यहां हालको स्थितिको बिबेचना पनि गर्न लागिएको छैन । खालि एउटै कुरा औंल्याउन पर्छ कि २ सय ५० मेगावाट बिजुलीको लागि भारत माथि आश्रित भएको अवस्थामा बिजुली आपूर्ति मात्र बन्द गरेर पनि नेपालका भविष्यका सरकारहरुलाई सजिलैसंग आफ्नो धूनमा नचाउने अवस्था श्रृजना हुन्छ ।

निष्कर्श
तसर्थ बिजुली जस्तो सामरिक महत्वपूर्ण कुराको लागि जुन नेपालमा नैं उत्पादन हुनसक्छ कदापि भारत माथि निर्भर हुनुहुन्न । त्यो पनि भारतलाई तिर्न पर्ने उच्च दर दिइएमा स्वदेशी बिदेशी लगानिकर्ताले नेपालमा नैं आयोजना निर्माण गर्ने निश्चित भएको अवस्थामा । नेपालमैं निर्माण भएमा इजाजतपत्रको अवधि पछि आयोजनाहरु नेपालको स्वामित्वमा आउने हुनाले पनि उच्च दर तिर्न समेत जायज हुन्छ । अझ नेपालमा निर्माण हुने आयोजनाको हकमा भारतले मागेको जति उच्च दरको अपेक्षा समेत गरिएकोछैन सापेक्षरुपमा उच्च दर दिन उचित भएतापनि । नेपाली लगानिकर्ताहरुले नैं निमार्ण गर्ने आयोजनाको हकमा त नेपाललाई तेहरै लाभ हुन्छ - भारतले मांगे जति उच्च दर तिर्न नपर्ने, कमाइएको मुनाफाले नेपाली अर्थतन्त्रमा नैं योगदान पुर् याउने र इजाजतपत्रको अवधि पछि यस्ता आयोजना नेपाल सरकारको स्वामित्वमा आउने हुनाले ।

विश्वास गरौं कि माथि उल्लिखित परिवेशमा नेपालको राजनैतिक नेतृत्व, कर्मचारीतन्त्र लगायतका नीति निर्माताले त्रुटीपूर्ण निर्णय सच्याएर नेपालमा बौद्धिक स्खलन छैन भने सिद्ध गर्न यथोचित प्रयास गरिनेछ ।

Saturday, June 20, 2009

Re: My article on tax exemption and hydropower

June 16, 2009
Dr Prakash Chandra Lohani
Former Finance Minister

Dear Dr Lohani

Good to hear from you. Greetings from Norway.

Thanks a lot for agreeing with my logic on the captioned matter. There is a saying that common sense to one is nonsense to other (depending upon how superficial that person is). I agree with you that we have to keep in trying. With encouragement from people like you I am determined to keep in trying.

With best regards,

Sincerely,
Ratna Sansar Shrestha, FCA
Senior Water Resource Analyst
http:www.ratnasansar.blogspot.com/
________________________________________
From: Prakash Lohani [mailto:prakash_dr@hotmail.com]
Sent: Monday, June 15, 2009 17:22
To: Ratna Sansar Shrestha
Subject: RE: My article on tax exemption and hydropower

Shrestha Jee,

I read your article on tax excemption and hydro power. I agree with your logic . But I know that given the charged political atmosphere in the country common sense is not all that common. But we have to keep on trying.

My best wishes
Prakash Lohani




Prakash Chandra Lohani
Dhumbarahi, Kathmandu, Nepal
Ph. 4431544,4432732
Email: prakash_dr@hotmail.com

Friday, June 19, 2009

Re: Environmental Impact Assessment of west Seti project

June 19, 2009

Dear Dr Kaoru Ogino

Thanks a lot for your encouraging words. I take it that you are not flattering me. By the way I don’t deserve to be called "Dr." as I, simply, not one. I am a management professional who is also incidentally a Fellow Chartered Accountant and a corporate lawyer. I got dragged into the water resource sector by the quirk of fate or a historical incident. Now I am a self taught water resource analyst.

I agree with you that the only important issue here is: how objective, credible and reliable the assessment on environment impacts is. Because it is clear beyond reasonable doubt that the entity that conducted the EIA is not independent and they were doing the study while under conflict of interest.

I hope EIA division (or the responsible entity) in ADB is aware of the fact that the entity conducting EIA for west seti project is not independent.

Thanks for clarifying that ADB is to "review, analyze, and assess the reports "independently" if they are acceptable. In case of ADB, we independently check the EIA prepared by the project owner(s), in accordance with our policy and guidelines at the exit point. In this sense, our argument may be whether the objectiveness of the assessments should be ensured at the entry or exit point."

I do certainly believe that ADB should ensure the objectivity of the report "at the entry"; meaning before ADB invests money in the project.

Ascertainment of the same at "exit point" will be like bolting the stable after the horse has run away.

I wish people in ADB responsible for such studies will join in in this discussion.

With best regards,

Sincerely,


Ratna Sansar Shrestha, FCA
Senior Water Resource Analyst
http:www.ratnasansar.blogspot.com/
________________________________________
From: kogino@adb.org [mailto:kogino@adb.org]
Sent: Friday, June 19, 2009 8:17
To: rsansar@mos.com.np
Subject: Re: Fw: Environmental Impact Assessment of west Seti project

Dear Dr. Shrestha,

I appreciate having your comments on the EIA process.

You are very professional and familiar with the matter.

While the interpretation of "assessment" and "independence" may make our slight different views on the process, I trust we are in the same line and objective. The matter is how we get objective, credible and relaible assessment on environment impacts.

The report can be prepared by the project owner(s) or any other independent person(s). The important thing is how we accept it; the Government and ADB review, analyze, and assess the reports "independently" if they are acceptable. In case of ADB, we independently check the EIA prepared by the project owner(s), in accordance with our policy and guidelines at the exit point. In this sense, our argument may be whether the objectiveness of the assessments should be ensured at the entry or exit point.

I hope that you trust our independent position on the EIA in this regard.

Best regards,
Kaoru Ogino

Wednesday, June 17, 2009

Re: Environmental Impact Assessment of west Seti project

June 17, 2009

Kaoru Ogino
Senior Energy Specialist
South Asia Energy Division
Asian Development Bank


Dear Dr Kaoru Ogino

Thanks a lot for reverting back to me so promptly. I also thank you for patiently explaining to me why an EIA is undertaken. I am indeed familiar with this aspect of the "assessment."

However, the point that I am raising is: a study report as such will be reliable/credible only if it is conducted by an independent entity, which is not the case here. This could be resolved either by establishing that WSHL is an independent entity with respect to the study referred to here or by confirming that there is no need for an independent entity to conduct such a study.

With best regards,

Sincerely,
Ratna Sansar Shrestha, FCA
Senior Water Resource Analyst
http:www.ratnasansar.blogspot.com/
________________________________________
From: kogino@adb.org [mailto:kogino@adb.org]
Sent: Tuesday, June 16, 2009 16:01
To: rsansar@mos.com.np
Subject: Fw: Environmental Impact Assessment

Dear Mr. Shrestha,

This refers to your email note addressed to Mr. Senga on 15 June 2009.
Since I am responsible for the project, I would like to explain about the EIA.

Under ADB's operations, EIA reports are undertaken and reviewed to ensure that (i) all environmental impacts are properly addressed, (ii) potential problems are avoided and/or reduced with appropriate mitigation measures, and (iii) development initiatives and their benefits are sustainable.

These points need to be ensured by the project owners (i.e., any private or public entities) for project preparation and implementation which are their responsibility and accountability.
To ensure objectiveness of the assessment, any EIA reports are analyzed and reviewed by the relevant government environmental agency, and formal approval is provided only after ensuring full compliance with its applicable environmental laws, regulations and procedures. The ADB's role is to further ensure compliance with its Environment Policy independetly as well.

I hope this will be helpful.
I appreciate your kind support

Best regards,

Kaoru Ogino
Senior Energy Specialist
South Asia Energy Division
Asian Development Bank
Tel +63 2 632 6211

Monday, June 15, 2009

EIA of West Seti Proejct

June 15, 2009

Mr Kunio Senga
DG, South Asia Dept.
Asian Development Bank
Dear Mr. Senga

Recently I became involved in a discussion about the credibility and reliability of the EIA reports and it was pointed out that such studies should be conducted by an "independent" entity or at least should be conducted by someone whose independence isn’t impaired vis-à-vis the particular project.

This reminded me that all such studies related to west Seti project was "Prepared by West Seti Hydro Limited (WSHL) for the Asian Development Bank." This is clear case of the study being done by an interested party (not by an independent entity). I am sure that you are aware that WSHL is the proponent of this project and they are "working" to develop the project. Under such circumstance, none of the study reports are acceptable.

I trust ADB will take this factor too into consideration prior to deciding to go ahead with the project and get GoN too involved in it.

With best regards,

Sincerely,
Ratna Sansar Shrestha, FCA
Senior Water Resource Analyst
http:www.ratnasansar.blogspot.com/
PO Box 12058, Kathmandu
Telephone: +977 1 435-4698
Telephone/Facsimile: +977 1 435-1946

Tuesday, June 2, 2009

जलबिद्युत विकासको लागि कर राजश्व छूटबाट राष्ट्रहित कति ?

मांग अनुसार बिद्युत आपूर्ति नहुनाले नेपाली उपभोक्ता लोड सेिडंगको मारमा परेकाछन् । आपूर्ति हुन नसक्नुको मुख्य कारण नैं आवश्यकता अनुरुप नयां आयोजनाहरु निर्माण भएर थप बिजुली उत्पादन नहुनु हो । अनि नयां आयोजनाहरुको निर्माण नहुनाको कारण खोतल्दै जांदा शान्ती सुरक्षा लगायतका लगानिमैत्री वातावरणको अभाव नैं प्रमुख देखापर्दछ । यस्तोमा लगानिमैत्री वातावरण प्रबद्र्धन गर्न भनेर स्वतंत्र उर्जा उत्पादकहरुको संघले हालै बिभिन्न कर राजश्वबाट जलबिद्युत आयोजनाहरुलाई मुक्त राख्न आग्रह गरेकाछन् । तसर्थ प्रस्तुत लेखमा यस सम्बन्धमा बिगतको अनुभव र यस्तो उन्मुक्तिको उपादेयता र औचित्यको सम्बन्धमा विष्लेशन गर्ने प्रयास गरिएकोछ ।

निजी क्षेत्र र जलबिद्युत विकास
सबै प्रकारका पूर्वाधारका साथै जलबिद्युत आयोजनाको पनि कार्यान्वयन सरकारको तर्फबाट गिरंदै आएकोमा "अरुण तेश्रो ४०२ मेगावाट र काली गण्डकी १०० मेगावाट आयोजनाहरु कार्यान्वयनको लागि ७-१२ वर्ष सम्म लाग्ने देखिएको" र यी "आयोजनाहरु पूर्ण भै उत्पादनमा नआए सम्म मध्यावधि आवश्यकता पूरा गर्न बैकल्पिक व्यवस्था" गर्न उद्देश्यले २०४९ सालमा जलबिद्युत विकास नीति २०४९ निर्माण गरियो । यो नीति कार्यान्वयन गर्न बिद्युत ऐन २०४९ पनि जारी भयो ।

बिद्युत ऐन २०४९
१ मेगावाट सम्मका आयोजनाले रोयल्टी बुझाउनु नपर्ने व्यवस्था यस ऐनको दफा ११ मा गरकोछ भने दफा १२(१)ले आयकर पनि नलाग्ने व्यवस्था गरेकोछ । दफा १२ को उपदफा ३ मा उत्पादन शुरु भएको १५ वर्ष सम्म आयकर छूट पाउने व्यवस्था छ भने उपदफा २ अनुसार उत्पादन शुरु भएको १५ वर्ष पछि प्रचलित कानून बमोजिम लाग्ने कर्पोरेट आयकर भन्दा १० प्रतिशत कम मात्र आयकर लाग्छ ।

यस्तै दफा १२(७) मा नेपालमा उत्पादन नहुने सामानहरु आयात गरेमा १ प्रतिशत मात्र भन्सार महशूल लाग्ने र आयात इजाजतपत्र दस्तूर बिक्रीकर आदि नलाग्ने व्यवस्था गरेकोछ । बिक्रीकरलाई विस्थापन गर्ने गरेर २०५२ सालमा लागू गरिएको मूल्य अभिबृद्धि कर पनि आयातमा नलाग्ने व्यवस्थाले निरन्तरता पायो ।

आयकर र मूल्य अभिबृद्धि कर
तर २०५८ सालमा जारी भएको आयकर ऐनले भने अन्य ऐन अन्तर्गत आयकर छूट हुने व्यवस्था वातिल गरेर आयकर वाध्यात्मक रुपमा सबैले तिर्नै पर्ने गर्यो । त्यस्तै आर्थिक ऐन २०६३ ले २२० किलोभोल्ट भन्दा उच्च बिद्युत प्रवाहमा र ३ मेगावाट भन्दा ठूला आयोजनाको लागि गरिने पैठारीमा मूल्य अभिबृद्धि कर छूट नहुने व्यवस्था गर्यो । अनि आर्थिक ऐन २०६४ ले २२० किलोभोल्ट भन्दा उच्च बिद्युत प्रवाहमा मूल्य अभिबृद्धि कर लाग्ने व्यवस्था हटायो भने २०६५ मा आएर जलबिद्युत आयोजना सम्बन्धमा लाग्ने मूल्य अभिबृद्धि कर पुनः हटायो ।

कर राजश्व छूटको प्रभाव
आयोजना निमार्णको लागि आयात गरिने आवश्यक मेशिनरी उपकरण औजार आदिमा लाग्ने भंसार महशूल मूल्य अभिबृद्धि कर जस्ता पैठारी महशूल छूट दिनाले आयोजनाको निर्माण लागत घट्दछ र यस्तो आयोजनाबाट उत्पादन हुने बिजुलीको उत्पादन लागत पनि स्वभावतः कम हुन्छ । यसरी पैठारी महशूल छूट दिनाले राज्यको कोषले कर राजश्व गुमाएतापनि उत्पादित बिजुलीको लागत सस्तो हुने हुनाले उपभोक्ताले सस्तो बिजुली उपभोग गर्ने अवसर पाउने हुन्छ र यसबाट अन्ततः मुलुककै अर्थतन्त्र लाभान्वित हुन्छ । यस्तै आयकर छूट दिनाले पनि व्यावसायिकरुपमा पोषाउने गरेर आयोजना संचालनार्थ आवश्यक हुने बिद्युत महशूल दर कम भएपनि पुग्ने हुनाले राज्यले आयकर राजश्व गुमाएपनि मुलुकमा सस्तो दरमा बिजुली उपलब्ध हुन्छ । सुपथ दरमा बिजुली प्राप्त हुंदा मुलुक द्रुत गतीले औद्योकिकरण हुन सक्नाले ठूलो परिमाणमा रोजगारी श्रृजना भएर मुलुकको अर्थतन्त्रलाई नैं लाभ पुग्छ । अर्थात जलबिद्युत आयोजना निर्माण गरिएर मुलुक भित्र उपयोग गर्नाले मुलुकमा आर्थिक कृयाकलापमा अभिबृद्धि भई नेपालको अर्थतन्त्र नैं लाभान्वित हुन्छ । समग्रमा यसरी भंसार महशूल मूल्य अभिबृद्धि कर आयकर आदि छूट दिइनाले राज्यको कोषले गुमाएपनि नेपालको अर्थतन्त्र लाभान्वित हुन्छ राजश्व प्राप्त भई हुने लाभ भन्दा धेरै गुणा बढी अर्थतन्त्रले प्राप्त गर्छ ।

तर निकासीमूलक आयोजनाको हकमा यसरी भंसार महशूल मूल्य अभिबृद्धि कर आयकर आदि छूट िदंदा नेपालको अर्थतन्त्रले एकातिर मेशिनरी उपकरण औजार आदिमा लाग्ने भंसार महशूल मूल्य अभिबृद्धि कर अनि आयोजनाको मुनाफामा लाग्ने आयकर आदि बाट प्राप्त हुने राजश्व गुमाउंदछ भने नेपाली उपभोक्ताले समेत यस्ता सस्ता आयोजनाबाट उत्पादित सस्तो बिजुली उपयोग गर्ने अवसरबाट बंचित हुन्छ र मुलुकको औद्योकिकरण हुन नसक्नाले द्रुत गतिमा रोजगारी श्रृजना भएर अर्थतन्त्रमा आर्थिक कृयाकलापमा अभिबृद्धि भइ देश लाभान्वित हुने अवसरबाट पनि बंचित हुन्छ । अर्थात निकासीमूलक आयोजनाको हकमा देशले कर राजश्व र अर्थतन्त्रमा आर्थिक कृयाकलापमा अभिबृद्धि गर्ने अवसर दुवैबाट बंचित भएर नेपालको अर्थतन्त्रले दोहरै गुमाउंदछ ।

तसर्थ पैठारीमा लाग्ने भंसार महशूल मूल्य अभिबृद्धि कर अनि आयोजनाको मुनाफामा लाग्ने आयकर छूटको सुबिधा नेपाल भित्र बिजुली खपत गरिने जलबिद्युत आयोजनाको हकमा मात्र प्रदान गर्ने र निकासीमूलक आयोजनाले नपाउने व्यवस्था गर्न वान्छनिय छ ।

औद्योगिकरणमा छूटको नकारात्मक प्रभाव
पैठारी महशूल छूट हुंदा बिदेशी सामान नेपालमा सस्तो पर्न आउनाले यस्ता सामान नेपालमा नैं उत्पादन गर्न कलकारखाना स्थापना सम्भावना न्यून हुन्छ । जसले गर्दा यी सामानको लागि नेपालका परनिर्भरताले निरन्तरता पाउंछ । तर छूटको व्यवस्था तयारी सामानलाई नदिएर आवश्यक कच्चा पदार्थमा दिने हो भने यस्ता सामान उत्पादन गर्ने कलकारखाना नेपालमा नैं स्थापना भएर रोजगारी श्रृजनामा समेत टेवा पुग्दछ । तसर्थ पैठारी महशूल छूट नेपालमा बिजुली खपत गर्ने गरेर निर्माण हुने आयोजनालाई मात्र दिनुपर्छ भने निकासीमूलक आयोजनाको हकमा नेपालमा कलकारखाना स्थापना गरेर उत्पादन गर्ने प्रयोजनको लागि हो भने कच्चा पदार्थमा मात्र दिइने व्यवस्था हुनुपर्छ ।

आयकर छूट र बैदेशिक लगािन
आयोजनाहरुलाई आयकर छूट िदंदा राज्यको कोष आयकर राजश्वबाट बंचित भएतापनि स्थानिय लगानिकर्ताद्वारा प्रबद्र्धित आयोजनाको हकमा यी स्थानिय लगानिकर्ता लाभान्वित हुने र नेपालमा पूंजी निर्माणमा समेत सघाउ पुग्दछ । अर्थात राज्यले आयकर राजश्व गुमाएपनि स्थानिय लगानिले निर्मित आयोजनालाई आयकर छूट िदंदा नेपालमा पूंजी निर्माण भएर अर्थतन्त्र लाभान्वित नैं हुन्छ । तर बिदेशी लगानिकताद्वारा प्रबद्र्धित आयोजनाले आयकर छूट पाएको अवस्थामा राज्यले आयकर राजश्व मात्र नगुमाएर अर्थतन्त्र पनि पूंजी निर्माणबाट लाभान्वित हुने मौकाबाट बंचित हुन्छ ।

निष्कर्श
संक्षेपमा स्थानिय लगानिकर्ताद्वारा प्रबद्र्धित आयोजनालाई आयकर तथा पैठारी महसूल छूट िदंदा राज्यले राजश्वको श्रोत गुमाए पनि अर्थतन्त्र भने लाभान्वित भएकै हुन्छ । तर बिदेशी लगानिकर्ताद्वारा प्रबद्र्धित आयोजनाको हकमा यी छूटहरु िदंदा राज्यले राजश्व गुमाउनाको अलावा अर्थतन्त्रले पनि गुमांदछ । तसर्थ स्थानिय लगानिकर्ताद्वारा प्रबद्र्धित आयोजना र बिदेशी लगानिकर्ताद्वारा प्रबद्र्धित आयोजनाको सम्बधमा यी छूटहरु सम्बन्धमा छुट्टाछुट्टै व्यवस्था गर्न वान्छनिय छ । त्यस्तै नेपाल भित्र बिजुली खपत हुने आयोजनालाई यी छूटहरु िदंदा नेपाल सरकारले राजश्व गुमाएपनि नेपालमा सस्तो बिजुली खपतबाट लाभान्विन हुन्छ । तर निकासीमूलक आयोजनालाई यस्ता छूट िदंदा सरकारले राजश्व गुमाउनाका साथै सुपथ मूल्यमा बिजुली खपत गर्ने मौकाबाट समेत बंचित हुनाले नेपालले दोहरै गुमाउने हुन्छ । तसर्थ निकासीमूलक आयोजना वा बैदेशिक लगानिबाट निर्मित आयोजनालाई यस्ता छूटहरु िदंदा राष्ट्रियहित नगन्यरुपमा मात्र हुन्छ भने नेपालमा बिजुली खपत हुने गरेर निर्माण हुने आयोजना र स्थानिय लगानिबाट निर्मित आयोजनालाई यी छूट िदंदा समग्रमा नेपाली अर्थतन्त्र लाभान्वित हुन्छ र यस्तो उन्मुक्तिको मात्र उपादेयता र औचित्य हुन्छ ।

२०६६ ज्येष्ठ १९ गतेको गोरखापत्रमा प्रकाशित