नेपाली जनताले ज्यान फालेर क्रान्ती गरेर जहानिया राणाशाही हटाएर स्वर्गिय राजा त्रिभुवनलाई देश फर्काए अनि उनले २००७ फाल्गुण ७ गते जनताबाट निर्वाचित बिधानसभाबाट गणतान्त्रिक राज्य दिने घोषणा गरे । तर जनताले न बिधानसभा पाए, न त गणतन्त्र नैं । बरु आफुलाई मनपर्नेहरुलाई एक पछि अर्को प्रधानमन्त्री बनाइबसे । यिनको मृत्यु पछि यिनका छोरा नैं राजा बनेकोले राजतन्त्र पनि जहानिया शासन नैं बन्यो÷थियो ।
स्वर्गिय राजा महेन्द्रले पनि आफ्नै बाबुलाई पछ्याए । धेरै सत्याग्रह आदि पछि चुनाव गराए, तर बिधानसभाको होइन, संसदको । त्यो पनि आफैले संबिधान जारी गरेर जसमा धारा ५५ थियो, जस अन्तर्गत उनलाई प्रधानमन्त्रीलाई बर्खास्त गर्ने अधिकार थियो । नभन्दै २०१७ साल पौष १ गते संसदमा दुइ तिहाइ भन्दा बढी प्रतिनिधि भएको नेपाली कांग्रेसको सरकार धारा ५५ अन्तर्गत नैं बर्खास्त गरे ।
त्यस पछि लादे पंचायती नामको प्रजातन्त्र जसमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको प्रमुख आफै भएको हुनाले कुनै पनि अधिनायबाद भन्दा कम थिएन । राजनैतिक दलहरुलाई प्रतिबन्धित नैं गरे ।
बीरेन्द्र राजा बने पछि पंचायती चुनावमा पनि गाउं फर्कको ग्रहण लगाइयो, जसले गर्दा उनले नचाहेका व्यक्तिले चुनिने मौका सम्म पनि पाएनन् ।
२०३६ सालमा जनमत संग्रह घोषणा गरे तर धांधली गरेरै “सुधारिएको” पंचायतलाई जिताइयो । जसबाट जनता सार्वभौम बन्ने आंकाक्षामा अर्को अवरोध लगाए ।
२०४६।४७ सालको आन्दोलन पछि उनले जनतालाई सार्वभौम घोषणा गरे, तर आफूमा निहित “शाही सर्वाधिकार” प्रयोग गरेर । जसको अर्थ हो कुनै व्यक्ति सर्बोच्च घोषणा गरिन्छ अर्को व्यक्तिको तजबिजमा । यहि व्यवस्थालाई दुरुपयोग गरेर तत्कालिन राजा ज्ञानेन्द्रले संबैधानिक व्यवस्थालाई नैं तोड मरोड गरेर आफै मन्त्री परिषदको अध्यक्ष बने, २०१७ पौष १ गते महेन्द्रको कदम पछ्याउंदै । जसको फलस्वरुप अन्ततः नेपाली जनताले राजतन्त्र नैं उन्मुलन गरे ।
यस्तो परिवेशमा राणाहरुले खोपामा राखेको राजतन्त्रलाई २००७ साल फाल्गुण ७ गते पुनःस्थापना गरिएको हो । त्यसकारण राजतन्त्र उन्मुलन भैसकेको अवस्थामा पनि यो दिनलाई भव्यताका साथ मनाउनु आश्चर्यजनक छ र बिदा दिनु पनि बिदाको दुरुपयोग हो ।
No comments:
Post a Comment