Saturday, August 13, 2016

भारते मुद्रा (भारू) को प्रचलन बन्द गरिनु पर्छ


पानी पर्न छाड्यो । चर्को गर्मी हुन पनि कम भयो । ऋतुको हिसाबले न धेरै गरम न विशेष जाडो हुने याम शरद ऋतु शुरू आयो । केटाकेटीले औंला भाची हिसाब लगाए दशैं आयो, खाउला पिउँला. . . . आदि । स्कूल, कलेज, सरकारी कार्यालय आदि लामो समयसम्म वर्षको एकपटक बन्द पनि यही बेला बडा दशैंको नाममा बिदा हुन्छ ।
यसका साथसाथै धेरै योजनाहरू बन्न थाल्छन । कसैको घर गर्इ दशैं मनाउने वा टिका थापी फर्कने वा कसैले यो लामो बिदाको फाइदा उठाउन देशान्तर भ्रमण गर्ने । पछिल्लो वर्गमा प्रबुद्धवर्ग पर्छन् । यो देशान्तरमा पनि छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न रूचाउँछ । त्यसमा पनि घुम्न जाने भन्ना साथ विशेषतः दार्जिलिंगको नाम नै सबभन्दा अगाडि मुखमा आउँछ । नआओस पनि कसरी ? आफ्नै देशको कुनै भागमा घुमेको जस्तो लाग्छ । जता हेर्यो सबै आफ्नै जस्तै, आफ्नै भाषा बोल्ने, आफ्नै संस्कृति मिल्ने ।
तर दार्जिलिङ्ग जाने भन्यो कि दुइटा समस्या भने अघिल्तिर तेर्सिरहन्छ । पहिलो त भारू को जुन वास्तवमा समस्या नै होइन । अर्को भारतीय दूतावासबाट १५ दिन अगाडिदेखि दरखास्त हाली वरी─इजाजत लिने । यो भने ठूलै झन्झटको काम हुन्छ । बिदाको मूडमा बनाउने कार्यक्रम कहाबाट अग्रिम निश्चित हुनु र समयमै दरखास्त हाल्नु । परेन फसाद । हुन त १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धी हेर्ने हो भने त नेपाल र भारतका नागरिक एक अर्कालार्इ परस्पर नागरिकहरूले पाएको सम्पूर्ण हक अधिकार हुन्छ भनिएको छ । तर कुन्नि हो कसरि दार्जिलिङ्ग जस्ता क्षेत्रलार्इ निषेधित क्षत्र घोषित गर्दा १९५० को सन्धी लत्याइन पुगेछ । होस्, भो यो कुरा यहाँ कोट्यार्इ नबसु ल ।
बरू यो कलमचीलार्इ पाठकले एउटा संसोधन गर्ने मौका भने दिनै पर्यो । ज्यू, दार्जिलिङ्गमा नेपालीलार्इ मुग्लान पसे नस्तो पटक्कै लाग्दैन तर एउटा खल्लो भने भारू कै हुने रहेछ । आफ्नै दार्इ भार्इ जस्तो लागे पनि नेपाली रूपिँया देख्दा नाक खुम्च्याएको हेर्न पर्दा भने रनक्कै रिस उठी हाल्दो पो र छ । जति आफूलार्इ सम्झाए पनि नहुने । हुन पनि रक्सौल, नौतन्वा, जोगवनी जस्ता ठाउमा चल्ने नोट नेपाली भाषा बोल्नेहरू चै लिन्न भनेको कता कता नसुहाएको जस्तो लाग्ने ।
तर एउटा देशको नोट अर्को देशमा नचल्नु कुनै अचम्म मान्नु पर्ने कुरा भने होइन नै । त्यसैले लिएन । तै पनि नयाँ सडक र विशाल बजारका ठूला ठूला बडेमाका दोकानहरूमा भने कुकुरले गुहु हसुरे झै गरेर भारते नोट लिएर लुकाएको, अझ खुल्लम खुल्ला लेनदेन गरेको देख्दा भने के अनुभूति हुन्छ पाठकले नै अनुमान पारौं । अझ कतिपय यस्ता दोकान पनि भर्इ सके जहाँ हाकाहाकी भारू माग्ने पनि भर्इ सके । हुन पनि कहिले काहिँ काठमाको मुटु भनिने त्यस ठाउँमा पुग्दा त नेपालमा नै छु कि मुग्लान पो भासियोकि भन्ने दोधारमा पुगिन्छ । लेनदेन हुन्छ भारू । बोलिन्छ हिन्दी । दार्जिलिङ्गमा नेपाली नोट चल्दो हो त काठमाण्डौको मुटु भन्दा बढि नेपाल त त्यही हिलस्टेसन देखिने थियो । तर के गर्नु हुन त भारत के एक् अंग नै हो र चल्छ पनि भारू नै ।
अब एक पटक बाँकी कुरामा फर्कौ । अर्थात पैसाको कुरामा । भारतको सीमावर्ति बजारहरूमा बाहेक भारतको कुनै पनि भागमा नेपाली नोट चल्दैन । अहँ, आशै गर्न पर्दैन । बैंक नै भए पनि आश नगरे हुन्छ । त्यँहा त लाखौंमा भएपनि नेपाली नोटले एक छाक पनि व्यवस्था हुन्न । बरू "साब भोक लागेका है" भनेर हात पछारेको खण्डमा भने कोही दयालु भेटिएमा "ले लो" भनेर दश नयाँ पैसा फ्याँक्ला, एक कप चिया खान पुग्ने भनौ ।
यसको ठीक उल्टो नेपालमा भारू हुनु र नेरू हुनुमा केही विशेष फरक हुन्न । बैंक नैं पनि खोजी हिड्नु पर्दैन । अझ बरू भारू हुनु त सुन चाँदी नै हुनु जति कैं हुन्छ । नेपालको कुनै पनि कुना काप्चा भए पनि भोकै मर्ने चिन्ता हुन्न । यो कस्तो बिचित्रता तथा विडम्बना ! आफ्ना प्रबुद्ध अर्थ─शास्त्री मित्रहरूले एउटा "थियोरी" व्याख्या गरेर यस स्थितिको ब्याख्या गर्लान । तर अाफ्नो बुद्धिले भने भारतमा नेपाली नोट नचले पछि नेपालमा भारतीय नोट नेपालमा पनि चल्नु हुन्न । बस् ।
नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक हो । नेपाली मुद्राको खुल्ला प्रचलन भारतमा नभएपछि भारते मुद्रा नेपालमा खुल्ला प्रचलन गर्न दिनु हुन्न । नत्र विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१३ को के काम? ...........लार्इ अर्थ─शास्त्रलार्इ अघि ...... ....... बलियो मुद्रा र .............. मुद्राको प्रश्न उत्तर उठाउँछ भने पनि ..... स्थिति छैन । किनभने त्यस्तो त डलर, स्टर्लिङ, पाउन्ड आदि पनि खुल्ला ...............।
राष्ट्रिय कारोबार नै बन्द हुने छैन । ............. ढाका र ...............रूपियाँ ........... ......... ........... ............... नै व्यवहार गरिन्छ त्यही गर्नै पर्यो र भारते रूपियाँलार्इ पनि । ......................

No comments: